सिम्रौनगढमा शङ्खेकीराको प्रकोप

प्रस, सिम्रौनगढ, १२ असोज/
    सिम्रौनगढमा शङ्खेकीराले दुःख दिन थालेको छ। सिम्रौनगढ बजार, अमृतगंज, जानकीनगर, कर्चोवा, देवापुर टेंटालगायतका ठाउँमा शङ्खेकीराले दुःख दिइरहेको स्थानीयले बताएका छन्।
    घर, करेसाबारी, आँगन, शौचालय, भान्साघरमा शङ्खेकीराले दुःख दिने गरेको स्थानीयले बताएका छन्। २० देखि २५० ग्रामको सँुडे शङ्खेकीराले दुःख दिइरहेको हो। वर्षाको कारण खेतनजीक  घर भएकाहरूलाई यो कीराले दुःख दिने गरेको छ। सिम्रौनगढमा यो कीरा पहिलोचोटि देखिएको स्थानीयको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here