कैदीबन्दीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

प्रस, सिराहा, ७ असोज/    सिराहा कारागारका कैदी, बन्दीहरूका लागि सामाजिक संस्था ‘मुक्ति नेपाल’ले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। ४१औं सामाजिक सेवा दिवसको अवसरमा सो संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।    संस्थाका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, सेनिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार […]

करेन्ट लागेर मृत्यु

प्रस, सर्लाही, ७ असोज/    सर्लाही हरिपुर्वा नगरपालिका वडा नं ३ धनकौलमा बुधवार बिहान करेन्ट लागेर एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थान बस्ने वर्ष ५५ को कपिलदेव राय रहेको प्रहरीले जनाएको छ।    भोला बाबाको मन्दिर प्राङ्गणमा रहेको चापाकलमा नुहाउने क्रममा सोही कलमा जडान गरिएको पानी तान्ने मोटर चालू रहँदा रायलाई करेन्ट लागेको प्रहरी अनुसन्धानबाट […]

गौरमा स्वाब सङ्कलन

प्रस, रौतहट, ७ असोज/    जिल्ला अस्पताल गौरले पिसिआर परीक्षणका लागि दैनिक २ घण्टा स्वाब नमूना सङ्कलन गर्ने बताएको छ।    दैनिक दुई घण्टामा ३० वटा स्वाब नमूना सङ्कलन गरिने गौर अस्पताल प्रयोगशालाका सहायक अनुठाराय यादवले बताए। उनले बिहान साढे १० देखि साढे १२ बजेसम्म स्वाब नमूना सङ्कलन गरिने बताए। कन्ट्याक्ट टे«सिङमा परेका, क्वारेन्टाइन र आइसोलेशनबाट स्वाब […]

आरडिसीद्वारा स्वच्छता सामग्री वितरण

प्रस, रौतहट, ७ असोज/    आरडिसी नेपालको आयोजनामा चन्द्रपुर नपा–४ मा मङ्गलवार स्वच्छता सामग्री वितरण गरिएको थियो।    चन्द्रपुर नपा–४ मा १ सय र चन्द्रपुर– १ मङ्गलपुरमा ४३ जनालाई हाइजीन तथा डिग्निटी किट वितरण गरिएको आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले बताएका छन्। कार्यक्रममा तौलिया, साबुन, नेलकटर, ब्रश, टुथपेस्ट , कपडा सुकाउने डोरीलगायत सामग्री वितरण गरिएको थियो।    कोरोना […]

पहिरोमा परी चालकको मृत्यु

प्रस, मकवानपुर, ७ असोज/    काठमाडौं–हेटौंडा छोटो मार्ग सडकखण्डमा पहिरोले स्कार्पियो पुरिंदा एकजनाको मृत्यु भएको छ। भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा बुधवार बिहान पहिरोले स्कार्पियो पुरिएको हो।    काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.१७प ४८७४ नं को स्कार्पियो पुरिंदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अविरल वर्षाका कारण पहाड भत्किएर पहिरो खसेको हो। साँझसम्म  मृतक […]

गौर बजारको अनुगमन

प्रस, रौतहट, ७ असोज/    मङ्गलवार गौर बजारको अनुगमन भएको थियो।    जिल्ला प्रशासन कार्यालय, रौतहटको नेतृत्वमा वाणिज्य कार्यालय वीरगंज, गौर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घको सम्मिलित टोलीद्वारा बजार अनुगमन गरिएको हो।    बजारमा रहेका खाद्यान्न पसल, हल्का पेय पदार्थको अधिकृत विक्रेता र आलु–प्याजको होलसेल विक्रेताको पसल अनुगमन गरिएको थियो।    मूल्य सूची राख्न, बिल–बिजक जारी गर्न, […]

मनसुन ढिलो बाहिरिने, शनिवारसम्म देशभर वर्षा

 काठमाडौं, ७ असोज/रासस    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिवारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकोले अझै शनिवारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो। यस […]

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

भरतपुर, ७ असोज/रासस    नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ। भरतपुरमा मङ्गलवार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो। पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ।    पुरुषतर्फ ग्रेड ‘ए’मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद […]

विद्यार्थी सिकाइ सहजीकरण अन्तिम विकल्पको रूपमा

– भरत सहनी    वैशाख महीनादेखि नयाँ शैक्षिक सत्र प्रारम्भ भइसके तापनि हालसम्म विद्यालयको नियमित पठनपाठन ठप्प छ। विद्यालय बन्द रहेको अवस्थामा विद्यार्थीको सिकाइ सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार महीनादेखि लागू हुने गरी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी ग–यो। वैकल्पिक सिकाइ सहजीकरण अभियान शुरू गरेको मन्त्रालयले असोज १ गतेदेखि लागू हुने […]

दायित्वबाट पन्छेको छैन राज्य

– सञ्जय साह मित्र    देशमा जेसुकै होओस्, अन्तिम दायित्व राज्यकै हुन्छ र हुनुपर्छ पनि। यस कारण राज्यमाथि सबै किसिमको दायित्व हुन्छ भन्ने कुरो कहिलेकाहीं सर्वसाधारण नागरिकले बिर्सेर हल्का टिप्पणी गरिरहेका हुन्छन्। कोरोनाको समयमा राज्यमाथि अझ धेरै हल्का टिप्पणीहरू सुनिनमा आएको छ।    अहिले भनिंदैछ, जब बजार खुल्यो, तब सिनेमा हल, स्कूल, कलेज बन्द किन ? सबै […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।