आरडिसीद्वारा स्वच्छता सामग्री वितरण

0

प्रस, रौतहट, ७ असोज/
    आरडिसी नेपालको आयोजनामा चन्द्रपुर नपा–४ मा मङ्गलवार स्वच्छता सामग्री वितरण गरिएको थियो।
    चन्द्रपुर नपा–४ मा १ सय र चन्द्रपुर– १ मङ्गलपुरमा ४३ जनालाई हाइजीन तथा डिग्निटी किट वितरण गरिएको आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले बताएका छन्। कार्यक्रममा तौलिया, साबुन, नेलकटर, ब्रश, टुथपेस्ट , कपडा सुकाउने डोरीलगायत सामग्री वितरण गरिएको थियो।
    कोरोना भाइरस नियन्त्रणका लागि आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले स्वच्छता सामग्री हस्तान्तरण गरेका हुन्।
    कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, चन्द्रपुर नपाका प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरति चौधरी, वडाध्यक्ष अमरबहादुर आले, चन्द्रपुरका लेखा अधिकृत कृति सुवेदीलगायतको सहभागिता थियो।
    कोरोना भाइरसबाट जोगिन स्वच्छता सामग्री अति आवश्यक परेकालाई अक्सफाम नेपालको सहयोगमा उपरोक्त सामग्री वितरण गरिएको आरडिसी नेपालले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here