पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना
काठमाडौं, ५ असोज/रासस आगामी पाँच दिन देशका धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले एक विशेष बुलेटिन जारी गर्दै उत्तर–पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा […]
राहत वितरण
प्रस, रौतहट, ५ असोज/ रौतहट च्यारिटेबल कमिटीले दुर्गा भगवती गाउँपालिका–४, मुसहर टोलमा राहत वितरण गरेको छ। रौतहट च्यारिटेबल कमिटीका उपाध्यक्ष राहुल मिश्र र सचिव विवेक यादवको सक्रियतामा मुसहर टोलका २० परिवारलाई प्रतिपरिवार १५ किलो चामल, १ लिटर तेल, १ किलो दाल र १ किलो नून वितरण गरिएको रौतहट च्यारिटेबल कमिटीले जनाएको छ। यसैगरी, यमुनामाई गाउँपालिकाको […]
स्थानीयवासीले सडकको झार सफाइ गरे
प्रस, बिरुवागुठी, ५ भदौ/ पर्सागढी नगरपालिका–३ बडनिहार र ओरैयाबीचको जनता सडकखण्डमा स्थानीयले सफाइ गरेका छन्। सो सडकखण्डको दायाँबायाँ झार उम्रेर सवारीसाधनहरू दुर्घटना हुन थालेपछि स्थानीयले सफाइ गरेका हुन्। स्थानीय टीकाराम आचार्यले नगरपालिका, वडा कार्यालयलाई सफाइको लागि आग्रह गरिएको तर नभएपछि टोलवासीहरू नै सफाइमा लागेको बताए। अहिले सो सडकखण्डमा बिहानदेखि महिला, पुरुषहरू झारको सफाइमा लागेका छन्।
डेढ वर्षमा बर्दिवास–वीरगंज रेल गुडाउने विभागको तयारी
सर्लाही, ५ असोज/रासस महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगंजसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमिटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ। बर्दिवासदेखि वीरगंजसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रूख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ। पुल, कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ। पूर्व मेचीदेखि महाकाली अन्तर्गत जयनगर–बर्दिवास र बर्दिवास–वीरगंज रेल सञ्चालनमा […]
तिलावे पुलमा घण्टौं जाम
लकडाउन र निषेधाज्ञाको कारण सवारीसाधन गुड्न नसकेपछि खुकुलो भएको तिलावे पुलमा अहिले सवारीसाधन सञ्चालन भएपछि पुनः जाम हुन थालेको छ। निर्माणाधीन पुल बन्ने सम्भावना क्षीण बन्दै गएको कारण गएको वर्षादेखि पुरानै पुल सञ्चालनमा ल्याइएको छ। अहिले सवारी आवागमन बढेसँगै पुलमा दैनिक साइकल, मोटरसाइकल, ट्याक्टर, ट्रक, जीप, कार, भ्यान, टिपरलगायतका सवारीसाधनका कारण पुलमा घण्टौं जाम हुने […]
ग्रीन सिटीद्वारा फूटपाथ अतिक्रमणमुक्त
प्रस, वीरगंज, ५ भदौ/ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले सचेतना कार्यक्रमसहित फूटपाथ अतिक्रमण खाली गराएको छ।ट्राफिक प्रहरीले आदर्शनगर चोकदेखि कैलाश चोकसम्म मोटरसाइकल पार्किङमा निषेध गरेपछि सो क्षेत्रको फूटपाथमा मोटरसाइकल राख्ने क्रम बढेको थियो। सोमवार २५ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाई गरेको थियो। यसैगरी, फूटपाथमा हिंड्ने बटुवाहरूले मास्क नलगाएकोमा करीब सयजनालाई चेतावनी दिइएको ग्रीन सिटीका अध्यक्ष […]
एम्बुलेन्स बिग्रिएर सडकमा अलपत्र
प्रस, पर्सागढी, ५ असोज/ पर्सागढी नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स दुई दिनदेखि बिग्रिएर जनता सडकमा अलपत्र अवस्थामा छ। असोज ४ गते वीरगंजबाट पर्सागढी जाने क्रममा एम्बुलेन्स वीरगंज महानगर–३२ टेढास्थित जनता सडकमा बिग्रिएको थियो। एम्बुलेन्स बिग्रिएको बारेमा चालक राजु चौधरीले प्रशासन शाखा प्रमुख रामदरश रायलाई अवगत गराएका थिए। स्वास्थ्य शाखा प्रमुख उमेश साह अस्वस्थ भएर घरमा बसेकाले स्वास्थ्यसम्बन्धी […]
जसपाद्वारा नगरपालिकालाई ज्ञापन
प्रस, वीरगंज, ५ भदौ/ जनता समाजवादी पार्टी, बहुदरमाई नगरकमिटीले प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेललाई ११ सूत्रीय ज्ञापनपत्र बुझाएको छ। जसपाका नेता शिव पटेलको अगुवाइमा नगर अध्यक्ष कृष्णप्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई ११ सूत्रीय ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा चालू आवमा विनियोजित रकमको सार्वजनिकीकरण र नगरपरिषद् सम्पन्न गर्न माग गरिएको छ। यसैगरी, उच्च शिक्षाको व्यवस्थापन, स्वास्थ्य […]
ग्रामीण क्षेत्रमा भाइरल ज्वरोको प्रकोप
प्रस, सेढवा, ५ असोज/ मौसम परिवर्तन हुन लागेसँगै पर्सामा भाइरल ज्वरोको प्रकोप बढेको छ। जीराभवानी, जगरनाथपुरलगायत गाउँपालिकाहरूमा भाइरल ज्वरोसँगै रुघाखोकी, टाउको दुख्नेलगायत समस्या बढ्दै छ। जीराभवानी गापा–२ सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले ज्वरो, रुघाखोकी, टाउको दुख्नेजस्ता बिरामीहरूको सङ्ख्या बढिरहेको बताए। उनले मौसम परिवर्तन भइरहेको कारण बिरामीहरूको सङ्ख्या बढेको जानकारी गराए। अन्य बेलाको तुलनामा अहिले […]
दायित्वबाट फरार
वीरगंजमा अहिले सबैतिर सामान्य जीवन फर्केर आएजस्तो देखिएको छ। सरकारले कोभिड–१९ को नियन्त्रण गर्न अँगालेका विभिन्न उपायहरूमध्ये एउटा क्षेत्र निर्धारण पनि हो। जुन क्षेत्रमा केही दिनसम्म कोभिड–१९ सङ्क्रमितको दर शून्य रहन्छ, त्यस क्ष्Fेत्रलाई ग्रीन जोन अर्थात् निरापद ठाउँ मानिन्छ। यता एक हप्तादेखि वीरगंज वा पर्सामा कोही व्यक्ति कोभिड–१९ को सङ्क्रमणमा परेको तथ्याङ्क सरकारले सार्वजनिक […]