जसपाद्वारा नगरपालिकालाई ज्ञापन

0


प्रस, वीरगंज, ५ भदौ/
    जनता समाजवादी पार्टी, बहुदरमाई नगरकमिटीले प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेललाई ११ सूत्रीय ज्ञापनपत्र बुझाएको छ।
    जसपाका नेता शिव पटेलको अगुवाइमा नगर अध्यक्ष कृष्णप्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई ११ सूत्रीय ज्ञापनपत्र बुझाएका हुन्।
    ज्ञापनपत्रमा चालू आवमा विनियोजित रकमको सार्वजनिकीकरण र नगरपरिषद् सम्पन्न गर्न माग गरिएको छ। यसैगरी, उच्च शिक्षाको व्यवस्थापन, स्वास्थ्य केन्द्रको स्थापना, पर्यटन क्षेत्र विकासको लागि रकम विनियोजन, कृषि बजार स्थापना, आधुनिक विद्युत् सिंचाइको व्यवस्था, एम्बुलेन्स र शववाहन खरीद तथा कोरोना सङ्क्रमणमा खर्च भएको हिसाबको विवरणका साथै तीन आर्थिक वर्षमा भएका आय–व्ययको विवरण माग गरिएको छ।
    ज्ञापन बुझ्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले केही माग परिषद्बाट सम्बोधन गरिने र केही माग बैठक सम्पन्न भएपछि सम्बोधन गरिने आश्वासन दिएको जसपाका नेता शिव पटेलले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here