२०७७ असोज ०३ गते शनिवारको प्रतीक दैनिक
नारायणी अस्पतालमा जनरल सेवा शुरू
प्रस, वीरगंज, २ असोज/ नारायणी अस्पतालमा जनरल सेवा शुरू भएको छ। लकडाउन शुरू भएको एक महीनापछि कोभिड अस्पतालमा परिणत भएको नारायणी अस्पताल त्यसको एक महीनापछि पुनः जनरल अस्पतालमा परिणत भएको थियो। जनरल अस्पतालमा परिणत भएपछि सेवा सुचारु भएको एक महीनामैं सङ्क्रमण बढेर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी ७१ जनाभन्दा बढी सङ्क्रमित भएपछि ओपिडीलगायतका जनरल सेवा […]
मन्त्री सोनलद्वारा सडक शिलान्यास
प्रस, कलैया, २ असोज/ प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सडक निर्माणको लागि शिलान्यास गरेका छन्। बारा जिल्ला परवानीपुर गाउँपालिका–४ चैनपुरदेखि प्रसौनी गापा–६ प्रस्टोका हुँदै कलैया सडकमा जोड्ने सडकखण्ड निर्माणको लागि मन्त्री सोनलले शिलान्यास गरेका हुन्। ८ किलोमिटर लामो सडकखण्ड निर्माणको लागि ठेकेदार कम्पनीले रु १ करोड १४ लाखमा ठेक्का सकार गरेको सडक […]
अग्रपङ्क्तिमा काम गर्ने आठजना सम्मानित
प्रस, वीरगंज, २ असोज/ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले सङ्क्रमणको क्रममा अग्रपङ्क्तिमा रहेर काम गरेकामध्ये सफाइकर्मी, एम्बुलेन्स चालक र औषधि सेवा सञ्चालन गरेकासमेत गरी ८ जनालाई नगदसहित सम्मान गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्सामा आयोजित सम्मान कार्यक्रमकी प्रमुख अतिथि प्रहरी उपरीक्षक गङ्गा पन्तले सरसफाइमा कार्यरत वीरगंज […]
पानीसँगै बँदेलबाट पनि पर्साका किसान पीडित
प्रस, सेढवा, २ असोज/ वर्षाको कारण किसानहरूले लगाएको भदई, मन्सुली, सोना सारो, हर्दिनाथ धानबाली भित्र्याउन समस्या भएको छ भने योसँगै अहिले जङ्गली जनावरहरूले पनि धानबाली नष्ट गर्न थालेपछि किसानहरू दोहोरो मारमा परेका छन्। लकडाउन, निषेधाज्ञा अवधिमा पर्सा जिल्लामा प्रत्येक दिनजसो पानी परिरहेको छ। पानी परेको कारण यस वर्ष सिंचाइको समस्या किसानहरूले झेल्नुपरेन र धानबाली सप्रेको […]
तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान
प्रस, निजगढ, २ असोज/ बाराको सबडिभिजन वन जैतापुरमा वनरक्षक र काठ तस्करबीच गोली हानाहान भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१७ को जैतापुर वन क्षेत्रमा गोली हानाहान भएपनि कोही हताहत नभएको डिभिजन वन कार्यालय, बाराले जनाएको छ। भदौ ३१ गते मध्यरातमा काठ तस्कर आउने भोडाहास्थित पसाह खोला बाँध नाका कुरेर बसेका जैतापुर वन रेन्जपोस्टका सशस्त्र वनरक्षकमाथि तस्कर समूहले […]
जुवाडे धरौटीमा रिहा
प्रस, निजगढ, २ असोज/ इलाका प्रहरी कार्यालय निजगढले पक्राउ परेका ५ जना जुवाडे धरौटी तिरेर रिहा भएका छन्। निजगढ नगरपालिका–७ का जीतसिंह लामा, हरि ढुङ्गाना, होमबहादुर खड्का, शिव अधिकारी र रमेश पौडेलले जनही रु ११ हजार जरिवाना तिरेर रिहा भएका हुन्। जिल्ला प्रशासन कार्यालय बारामा धरौटी तिरेर रिहा भएका ५ जना भदौ ३० गते राति […]
१ महिलासहित ७० जनाद्वारा रक्तदान
प्रस, वीरगंज, २ असोज/ वीरगंज महानगर–१९ विन्दवासिनी मन्दिरमा आयोजित रक्तदान कार्यक्रममा एकजना महिलासहित ७० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी, पर्साका शाखा प्रमुख उदयराज शर्माले बताए। विन्दवासिनी युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख विजयकुमार सरावगीले गरेका थिए।कार्यक्रममा रूपा क्षत्री, सन्तोष कुमार, धर्मेन्द्र गुप्ता, भागीरथ साह, असलम आलम, बृजकिशोर प्रसाद, अमित कलवार, विवेक मिश्र, […]
विश्वकर्मा पूजामा स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना भएन
प्रस, पोखरिया, २ असोज/ पर्साको ग्रामीण क्षेत्रमा विश्वकर्मा पूजा धूमधामले मनाइएको छ। कोरोना सङ्क्रमणको कारण स्थानीय प्रशासनले मठमन्दिर, मस्जिदमा पूजापाठ, प्रार्थनामा रोक लगाएको र बीसजनाभन्दा बढी भीड हुने गरी कुनै पनि कार्यक्रम गर्न निषेध गरिएकोमा विश्वकर्मा पूजा गर्नेहरूले सो आदेशको पालना गरेनन्। पोखरिया नगरपालिका–३ वसन्तपुर, कालिकामाई गाउँपालिका–१ मुडली र जगरनाथपुर गापा–५ चिलझप्टीमा विश्वकर्मा पूजा धूमधामले […]
आइतवारदेखि मालपोत कार्यालय खुल्ने
प्रस, वीरगंज, २ असोज/ निषेधाज्ञा खुकुलो भएसँगै भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा असोज ४ गते आइतवारदेखि सञ्चालनमा आउने भएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साको भदौ ३१ गते बसेको बैठकले नागरिकको स्वास्थ्यसम्बन्धी उच्च सतर्कता अपनाएर मात्र नियमित कामकारबाई सञ्चालन गर्न निर्णय गरे अनुसार असोज ४ गते आइतवारदेखि भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा सञ्चालन हुने निमित्त […]