जुवाडे धरौटीमा रिहा

प्रस, निजगढ, २ असोज/
    इलाका प्रहरी कार्यालय निजगढले पक्राउ परेका ५ जना जुवाडे धरौटी तिरेर रिहा भएका छन्। निजगढ नगरपालिका–७ का जीतसिंह लामा, हरि ढुङ्गाना, होमबहादुर खड्का, शिव अधिकारी र रमेश पौडेलले जनही रु ११ हजार जरिवाना तिरेर रिहा भएका हुन्।
    जिल्ला प्रशासन कार्यालय बारामा धरौटी तिरेर रिहा भएका ५ जना भदौ ३० गते राति होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्