मन्त्री सोनलद्वारा सडक शिलान्यास


प्रस, कलैया, २ असोज/
    प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सडक निर्माणको लागि शिलान्यास गरेका छन्। बारा जिल्ला परवानीपुर गाउँपालिका–४ चैनपुरदेखि प्रसौनी गापा–६ प्रस्टोका हुँदै कलैया सडकमा जोड्ने सडकखण्ड निर्माणको लागि मन्त्री सोनलले शिलान्यास गरेका हुन्।
    ८ किलोमिटर लामो सडकखण्ड निर्माणको लागि ठेकेदार कम्पनीले रु १ करोड १४ लाखमा ठेक्का सकार गरेको सडक डिभिजन कार्यालय बाराले जनाएको छ। कार्यक्रममा परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह, प्रसौनी गापाका अध्यक्ष भोला साह, सडक डिभिजन कार्यालय, बाराका प्रमुख दरोगा साहलगायत सहभागी रहेको मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्