कोरोनाबाट एकै दिन दुईजनाको मृत्यु
प्रस, जनकपुरधाम, २९ भदौ/ पछिल्लोपटक जनकपुरमा महोत्तरी र सिराहाका एक/एक जना गरी दुईजनाको मृत्यु भएको छ। महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ। कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते उनी प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए। उपचारको क्रममा आइतवार साँझ उनको निधन […]
५५ वर्षीया सङ्क्रमित महिलाको मृत्यु
प्रस, वीरगंज, २९ भदौ/ वीरगंजमा थप एकजना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं १० बस्ने ५५ वर्षीया महिला रहेकी छन्। उनको हिजो नारायणी अस्थायी गण्डक कोभिड अस्पतालमा दिउँसो २ बजेर ५५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। भदौ १२ गते शङ्कास्पद अवस्थामा भर्ना भई उपचार गराइरहेकी […]
५५ किलो गाँजा बरामद
प्रस, पंचगावाँ, २९ भदौ/ इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले ५५ किलो गाँजा बरामद गरेको छ। पटेर्वासुगौली गाउँपालिकाको भतौडा र पटेर्वाबीचको सडकखण्डको सरेहबाट आइतवार राति ८ बजे ४ वटा पोकामा रहेको ५५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। तस्करहरू भने प्रहरीलाई देखेपछि फरार भएको र बरामद गाँजा आवश्यक कारबाईको लागि इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीमा राखिएको जिल्ला […]
लथालिङ्ग शैक्षिक अवस्था
मुलुकको शैक्षिक अवस्था यसै पनि राम्रो थिएन, कोरोनाकालले झनै लथालिङ्ग पारेको छ। शिक्षा जस्तोसुकै अवस्थामा पनि लिन र दिन सकिन्छ। पौराणिककालका ऋषिमुनिहरूले जङ्गलमा, आश्रममा शिक्षा दिन्थे। मानव सभ्यताको आदिमकालमा पनि शिक्षक र शिक्षार्थी थिए। आधुनिक शिक्षाभन्दा पहिले गुरुकुल शिक्षा थियो। समय, अवस्था तथा परिस्थिति अनुसार शिक्षा लिने र दिने काम हुँदै आएको छ। माओवादी […]
कोरोना नियन्त्रणमा नेपाली सङ्घीय प्रणालीको कमजोर भूमिका
– अधिवक्ता वीरेन्द्रप्रसाद यादव २०७६ चैत महीनापछिसम्म नेपालमा कोरोना सङ्क्रमित देखिएको थिएन। सरकारले रोकथाम तथा नियन्त्रणको लागि पूरा मुलुक ठप्प पार्ने हरसम्भव प्रयास ग–यो तर परिणाम खासै उत्साहबद्र्धक देखिएन। भदौ अन्तिम सातासम्म सङ्क्रमितको सङ्ख्या ५३ हजार नाघ्यो भने मृतकको सङ्ख्या साढे तीन सय जति पुग्यो। अहिले दिनानुदिन सङ्क्रमित एवं मृतकको सङ्ख्या बढ्दो क्रममा छ। मुलुकको […]
विद्यालय शिक्षा परीक्षाको नतीजा र विश्वसनीयता
– भरत सहनी विद्यालय तहको शिक्षा प्रमाणीकरण गर्ने उद्देश्यले नेपालमा पहिलोपटक स्कूल लिभिङ सर्टिफिकेट (एसएलसी) परीक्षा विसं १९९० मा दरबार हाई स्कूलबाट थालनी भयो। एसएलसी परीक्षालाई विगतमा ‘आइरन गेट’को रूपमा लिइन्थ्यो, जुन पार गर्न अत्यन्तै कठिन थियो। परीक्षा शुरू हुनु पहिलेदेखि नै विद्यार्थी तथा अभिभावकहरू परीक्षाको तयारीबारे चिन्तित रहन्थे र तयारीका लागि आवश्यक श्रम र […]