५५ किलो गाँजा बरामद

प्रस, पंचगावाँ, २९ भदौ/
    इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले ५५ किलो गाँजा बरामद गरेको छ।
    पटेर्वासुगौली गाउँपालिकाको भतौडा र पटेर्वाबीचको सडकखण्डको सरेहबाट आइतवार राति ८ बजे ४ वटा पोकामा रहेको ५५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। तस्करहरू भने प्रहरीलाई देखेपछि फरार भएको र बरामद गाँजा आवश्यक कारबाईको लागि इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। कोरोना महामारीको मौका छोपी तस्करहरूले मकवानपुरको मनहरी जिल्लामा उत्पादित गाँजा पर्साको राष्ट्रिय वनजङ्गल भएर प्रतिदिन पटेर्वासुगौली गापाको पटेर्वा, देउरिया, सोनवर्षा, बैरिया टोलमा पुग्ने गरेको स्थानीयले बताएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्