प्रस, वीरगंज, २७ भदौ/
लागूऔषध गाँजा/चरेस मुद्दाका फरार एकजना अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
२०५७ माघ १८ गते पर्सा जिल्ला अदालतले लागूऔषध मुद्दामा ११ महीना कैद र रु ५ हजार जरिवाना तोकेपछि फरार रहेका पटेर्वासुगौली गाउँपालिका–४ बस्ने शम्भु चौधरीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले शुक्रवार पक्राउ गरेको छ। उनलाई गाउँमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरी अदालतमा पठाउने जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।