२०७७ भदौ २७ गते शनिवारको प्रतीक दैनिक
प्राधिकरणले जरिवाना लिएकोमा ग्राहकहरूको गुनासो
ओमप्रकाश चौधरी, सेढवा, २६ भदौ/ नेपाल विद्युत् प्राधिकरणले लकडाउन र निषेधाज्ञा अवधिमा पनि ग्राहकसँग जरिवाना असुल गरेको पाइएको छ। सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन र त्यसपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण पर्साका ग्रामीण क्षेत्रमा विद्युत् मिटर रिडिङ गर्नेहरू खटेका थिएनन्। मिटर रिडिङ नभएको कारण महसूल तिर्न नसकेका ग्राहकले अहिले महसूल तिर्दा जरिवाना […]
डेढ महीनापछि वीरगंज पूर्ण खुला
प्रस, वीरगंज, २६ भदौ/ निषेधाज्ञाको डेढ महीनापछि शुक्रवारदेखि वीरगंज बजार पूर्णरूपमा खुलेको छ। निषेधाज्ञाको पचासौं दिन भदौ १९ गतेदेखि मात्र प्रशासनले वीरगंजमा आलोपालो पसल सञ्चालनको इजाजत दिएको थियो। बिहान ११ देखि ४ बजेसम्म आलोपालो पसल सञ्चालन हुँदै आएकोमा आजदेखि निषेध गरिएका पसल, व्यवसायबाहेक सबै पसल, व्यवसाय सञ्चालनमा आएका छन्। सैलुन, ब्युटिपार्लर, होटल, जिमखाना, सिनेमाघरलगायतका व्यवसाय […]
गत वर्ष बनाएको नाला यस वर्ष भत्काइयो
प्रस, वीरगंज, २६ भदौ/ छिपहरमाई गाउँपालिकाको भिस्वामा गत वर्ष निर्माण गरिएको नाला यस वर्ष भत्काइएको छ। जनताको इच्छा र आवश्यकता नबुझी रकम सिध्याउन गाउँपालिकाले गत वर्ष बनाएको नाला यस वर्ष भत्काउनुपरेको हो। गापा अध्यक्ष मनोज गुप्ताको एकल निर्णयले दर्जनौं घर भत्काएर गत वर्ष नाला निर्माण भएको थियो। सो गाउँमा नाला निर्माण गर्न लाग्दा स्थानीयले विरोध […]
समस्या समाधानपछि चिकित्सकको आन्दोलन स्थगित
प्रस, वीरगंज, २६ भदौ/ वीरगंजका निजी अस्पतालमा कार्यरत एमबिबिएस चिकित्सकहरूको समस्या समाधान भएपछि आन्दोलन स्थगित भएको छ। भदौ १ गतेदेखि विभिन्न ५ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरूको माग सहमतिमा पूरा भएपछि आन्दोलन स्थगित भएको डा तेजनाथ तिवारीले बताए। मासिक रु ६५ हजार तलबभत्ता, रु २५ लाखको स्वास्थ्य बीमा, अस्पतालमा कार्यरत चिकित्सकहरूलाई क्वारेन्टाइन, आइसोलेशनमा […]
लकडाउन र निषेधाज्ञाका कारण मुसहरद्वारा आत्महत्या
प्रस, वीरगंज, २६ भदौ/ लकडाउन, निषेधाज्ञाका कारण दुई छाक खानलाई समस्या भएपछि वीरगंज महानगरपालिका–३१ बेलवाका एकजना मुसहर युवकले विषसेवन गरी आत्महत्या गरेका छन्। बिहीवार राति वीरगंज–३१ बेलवाका ३० वर्षीय सतन माझीले विषसेवन गरेको र उपचारको क्रममा शुक्रवार बिहान तीन बजे निधन भएको सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरका सचिव दिलीप प्रधानले बताए। मृतक माझीको नेपाल इन्डो […]
सन्तानको शुभकामनाका साथ जलाशयमा मनाइयो खरजितिया
प्रस, गरुडा, २६ भदौ/ सर्लाही र रौतहटका महिलाहरूले आफ्ना सन्तानको सुखी तथा लामो जीवनको कामना गर्दै खरजितिया पर्व मनाएका छन्। शुक्रवार बिहान घरमैं नुहाएर पितृहरूलाई पारिवारिक चलन अनुसारको सामग्री चढाएर खरजितिया पर्वको समापन गरेका छन्। खरजितियाको समापनको बिहान माडभात, दहीच्यूरा, रोटीलगायतका सामग्री हुने गर्दछन्। खरजितिया व्रतको समापनमा पितृलाई चढाउने सामग्रीलाई स्थानीय बज्जिका भाषामा ओठरङ भनिन्छ। […]
विपी जयन्तीमा वृक्षरोपण, दीप प्रज्वलन
प्रस, वीरगंज, २६ भदौ/ नेपाली काङ्ग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा शुक्रवार नेविसङ्घले नृसिंह माविमा वृक्षरोपण कार्यक्रम गरेको छ। नेविसङ्घ, पर्साका अध्यक्ष विश्वास द्विवेदीको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य अनिल रूँगटाले गरेका थिए। कार्यक्रममा नेका पर्साका उपसभापति प्रकाश उपाध्याय, सचिव श्याम पटेल, सहसचिव रोशन […]
अधूरो तटबन्ध निर्माण सम्पन्न गर्न समितिको अग्रसरता
प्रस, निजगढ, २६ भदौ/ निजगढ नगरपालिका–१० स्थित लाल खोलामा निर्माणाधीन अधूरो तटबन्ध योजनालाई निर्माण सम्पन्न गर्न निर्माण समिति अग्रसर भएको छ। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन एकाइ चितवनको सहयोगमा सो खोलामा तारजालीमा ढुङ्गा भरी तटबन्ध गर्न लाल खोला पार्किङ संरक्षण समितिले काम गरेको भए तापनि सम्झौता अनुसारको योजना सम्पन्न नगरी अधूरो छोडेको थियो। […]
मोटरसाइकल चोरी
प्रस, बिरुवागुठी २६ भदौ/ पर्सागढी नगरपालिका–३ बडनिहार बजारबाट गएराति मोटरसाइकल चोरी भएको छ। बडनिहार बजार निवासी खगेन्द्रप्रसाद पौडेलको घरमा बहालमा बसेका गङ्गा आचार्यको ना.१४प ८५८२ नम्बरको मोटरसाइकल घरको आँगनबाट राति चोरी भएको हो। बिहान मोटरसाइकल नदेखेपछि उनले बिरुवागुठी प्रहरी चौकीमा उजूरी दिएका थिए। पछिल्लोपटक पर्सागढी नगरपालिकामा चोरीका घटना वृद्धि भए तापनि प्रहरीले चोरलाई समाउन नसकेको […]