विपी जयन्तीमा वृक्षरोपण, दीप प्रज्वलन

प्रस, वीरगंज, २६ भदौ/
    नेपाली काङ्ग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा शुक्रवार नेविसङ्घले नृसिंह माविमा वृक्षरोपण कार्यक्रम गरेको छ।         
    नेविसङ्घ, पर्साका अध्यक्ष विश्वास द्विवेदीको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य अनिल रूँगटाले गरेका थिए। कार्यक्रममा नेका पर्साका उपसभापति प्रकाश उपाध्याय, सचिव श्याम पटेल, सहसचिव रोशन लामिछाने, किरण सरकार, सदस्यहरू वैकुण्ठ श्रीवास्तव, रामबाबू पटेल, धर्मेन्द्र पटेल, क्षेत्रीय सभापति अरविन्द गुप्ता, वडाध्यक्ष गजेन्द्र पटेल, विद्यालयका प्रअ विनोद मेहतालगायतको सहभागिता थियो।  
    यसैगरी, सो अवसरमा बिहीवार साँझ ठाकुर राम बहुमुखी क्याम्पसमा आयोजित दीप प्रज्वलन कार्यक्रमको पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले उद्घाटन गरेका थिए। नेविसङ्घ, पर्साका अध्यक्ष विश्वास द्विवेदीको अध्यक्ष्Fतामा कार्यक्रम भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here