प्रस, पर्सागढी, २५ भदौ/
पर्सागढी नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्वाछटैलीमा रहेका १४ जना सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको छ ।
आइसोलेशनमा रहेका १५ जनामध्ये १४ जनाको रिपोर्ट निगेटिभ आएपछि उपप्रमुख अर्चना चौधरीले अबिर, खादा ओढाएर बिदा गरेकी थिइन् । बिदा हुनेमा एकजना सात महीनाकी गर्भवती र अर्का ११ वर्षका बालक पनि छन् । सो अवसरमा आइसोलेशनमा स्वास्थ्य सेवा प्रदान गर्ने सरिता कार्की, श्वेता लामालगायतका स्वास्थ्यकर्मीलाई उपप्रमुख चौधरीले सम्मान गरेकी थिइन् ।