२०७७ भदौ २६ गते शुक्रवारको प्रतीक दैनिक
नारायणी अस्पताल भवन निर्माणका लागि जग्गा दिन सहमत
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/narayani-aspatal.jpg)
प्रस, परवानीपुर, २५ भदौ/नारायणी अस्पताल वीरगंजको स्तरोन्नतिको लागि अर्को भवन निर्माण कार्यको लागि वीरगंज–२१ लिपनीबिर्ताका जनता सहमत भएका छन् ।वीरगंज–३ छपकैयामा ४ बिघा क्षेत्रफलमा रहेको नारायणी अस्पतालको संरचनाले आगामी दिनको सेवालाई धान्न नसक्ने देखेर अस्पताल विकास समितिले वीरगंजमैं अर्को ठाउँमा करीब ५ बिघाभन्दा बढी जग्गा खोजी गरिरहेको छ । सोही अनुरूप वीरगंज महानगरको लिपनीबिर्तामा विपश्यना […]
वीरगंजमा होल्ड ६ सय कन्टेनर केराउको जाँचपास भएन
प्रस, परवानीपुर, २५ भदौ/चैत १६ गतेअघि सिपमेन्ट भएको केराउको हकमा भदौ १४ गते मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गरिसक्दा पनि माथिल्लो निकायको लिखित पत्राचार नहँुदा वीरगंजमा अडेको ६ सय कन्टेनर केराउको जाँचपास हुन सकेको छैन ।वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सारमा तेस्रो मुलुकबाट आयात भएका केराउ, मरिच र छोहोडाको जाँचपास हुन नसकेको व्यवसायीहरूले बताए ।वीरगंज उद्योग वाणिज्य सङ्घका […]
पोखरीमा डुबेर युवकको मृत्यु
प्रस, सेढवा, २५ भदौ/पोखरीमा डुबेर एकजना युवकको ज्यान गएको छ । जीराभवानी गाउँपालिका–३ स्थित किरतनिया पोखरीमा युवक डुबेर मरेको प्रहरीले जनाएको छ । जीराभवानी गापा–३ नौकाटोला निवासी गौरीशङ्कर देवानको मृत्यु भएको हो ।मृतक देवानको मानसिक सन्तुलन ठीक नरहेको स्थानीयले बताएका छन् । उनले लगाएको कपडा पोखरीको डिलमा थियो । नुहाउन जाने क्रममा उनको मृत्यु भएको […]
५० जनाद्वारा रक्तदान
प्रस, वीरगंज, २५ भदौ/वीरगंज महानगरपालिका–१२ मुर्लीमा समाजसेवा समिति वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।वीरगंज सिटी प्यालेसमा आयोजित रक्तदान कार्यक्रममा दीक्षा खड्का, रूपेश कुशवाहा, विक्की पटेल, राहुल यादव, इस्मन अन्सारी, राजकुमार श्रेष्ठ, दीपक सिंह, विनोद यादव, रूपेश मिश्र, असगर अलि, साजिद हवारीलगायतले रक्तदान […]
प्रहरी उपरीक्षकसहित ६ जनाविरुद्ध मुद्दा दर्ता
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/prahari-uparikshak.jpg)
प्रस, रौतहट, २४ भदौ/विजय महरा रामको भदौ १० गते राति प्रहरी हिरासतमा भएको मृत्यु सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रहरी उपरीक्षक रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।प्रउ खड्कासहित इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव र हवल्दारद्वय मुन्ना सिंह र […]
अधिकांश कर्मचारीमा लक्षण देखिएपछि बैंक बन्द
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/adhikansh.jpg)
प्रस, गरुडा, २५ भदौ/रौतहटको गरुडा बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकका अधिकांश कर्मचारीमा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि अनिश्चितकालको लागि बैंक बन्द गरिएको छ ।बैंकले शाखाका अधिकांश कर्मचारीमा कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको हुँदा सोको परीक्षण भई नतीजा नआउन्जेलसम्म सम्पूर्ण कर्मचारीहरू आइसोलेशनमा बस्नुपर्ने हुँदा बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । रावा गरुडा […]
पत्रकार वीरेन्द्र साहका हत्यारा पटेल पक्राउ
प्रस, वीरगंज, २५ भदौ/बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो अभियुक्त हरेराम पटेल पनि बिहीवार पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले पटेललाई कोल्हवी नगरपालिका–४ सपहीटोलबाट पक्राउ गरेको बताए । पत्रकार साहको हत्यामा संलग्न पटेल १३ वर्षदेखि फरार थिए । पत्रकार साहलाई २०६४ असोज १८ गते अपहरण गरिएको र […]
१६ जना सङ्क्रमित थपिए
प्रस, परवानीपुर, २५ भदौ/नारायणी अस्पताल वीरगंज पिसिआर प्रयोगशालामा २९२ जनाको स्वाब नमूना परीक्षण गर्दा ५ जना महिलासहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।बुधवार अबेर राति सार्वजनिक गरिएको रिपोर्ट अनुसार पर्साका ७ जना, बाराका ७ जना र रौतहटका २ जना गरी कुल १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले […]
लिपनीबिर्तामा ६ वर्षमा पनि पुल बनेन
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/lipani-birtama.jpg)
प्रस, परवानीपुर, २५ भदौ/वीरगंज–२१ लिपनीबिर्ता हिमालयन डिस्टिलरीको पूर्वमा रहेको श्रीसिया खोलामा निर्माणाधीन काशी तिवारी पुल निर्माणको काम ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन ।तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेको यो पुलको काम २०७१ मङ्सिर २४ गते शिलान्यास गरी दुई वर्षभित्र निर्माण हुनुपर्नेमा ६ वर्ष बित्न लाग्दा पनि ठेकेदार कम्पनीको लापरवाहीको […]