उपभोक्ता मञ्चद्वारा राहत वितरण

प्रस, वीरगंज, २३ भदौ/    उपभोक्ता हित संरक्षण मञ्च वीरगंज नगर कमिटीले वीरगंज महानगरका केही स्थानमा राहत वितरण गरेको छ।    वीरगंज महानगर–२ निवासी हाल वैदेशिक रोजगारमा कतारमा रहेकाहरूले गरेको आर्थिक सहयोगबाट वीरगंज महानगरका बिर्ता, छपकैया, रानीघाट, मुर्ली, श्रीपुरमा रहेका अतिविपन्न, विपन्न, दैनिक ज्यालादारी गर्नेहरूलाई राहत वितरण गरिएको मञ्च वीरगंज महानगर कमिटी अध्यक्ष अजित भुजेलले बताए। प्रतिपरिवार […]

तीन जिल्लामा २९ जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, २३ भदौ/    तराईका तीन जिल्लामा २९ जना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल पिसिआर प्रयोगशालामा भदौ २२ गते सोमवार भएको ५८० वटा स्वाब नमूना परीक्षणमा पर्साका १३, बाराका ९ र रौतहटका ७ जना गरी कुल २९ जना सङ्क्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।    उनका अनुसार २९ जनामा २१ जना पुरुष […]

भन्सार छलीका सामान भन्सार चलान

प्रस, रौतहट, २३ भदौ/    जिल्ला प्रहरी कार्यालय, रौतहटले विभिन्न स्थानबाट बरामद २ लाख ४३ हजार रुपैयाँबराबरको भन्सार छलीका सामान भन्सार चलान गरेको छ।    जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाए अनुसार विभिन्न समयमा बरामद काजु, किसमिस, सोफी मदिरा, कपडा, हार्डवेयरका सामान रौतहट भन्सार चलान गरिएको छ।    गौर नगरपालिका–२, ५ का राइस मिल र देउराली भन्ने ठाउँमा चेकजाँच […]

१४ सूत्रीय माग राख्दै क्याम्पसमा तालाबन्दी

प्रस, वीरगंज, २३ भदौ/    नेपाल विद्यार्थी सङ्घ, ठाराब क्याम्पस एकाइले १४ सूत्रीय माग राखी क्याम्पसमा तालाबन्दी गरेको छ।    एकाइ अध्यक्ष मनोजकुमार साहले विद्यार्थी हकहित तथा क्याम्पसको समसामयिक विषयमा क्याम्पस प्रशासनलाई यसअघि ध्यानाकर्षण गराउँदा उदासीन देखिएकोले तालाबन्दी गर्नुपरेको बताए। उनले कोरोना सङ्क्रमणको बेला क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कक्ष्Fमा यसअघि तालाबन्दी गरिएको तर पनि वार्ताको […]

पोखरियामा एकै दिन दुई महिलाद्वारा आत्महत्या

प्रस, पोखरिया, २३ भदौ/    पोखरिया नगरपालिकामा मङ्गलवार एकै दिन दुईजना महिलाले आत्महत्या गरेका छन्।    पोखरिया नपा–९ शिवबर्वा निवासी २५ वर्षीया पूजा देवी र वडा नं. १० शिवबर्वा निवासी ३५ वर्षीया विद्यान्ती देवीले पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए। पूजा देवीले पक्की घरको सिलिङमा कपडाको पासो लगाएर आत्महत्या गरेकी […]

शहीदको तस्वीर फोहरमा फालेकोमा आक्रोश

प्रस, वीरगंज, २३ भदौ/    मधेस आन्दोलनका शहीदको तस्वीर वीरगंज महानगरको फोहरको डङ्गुरमा भेटिएपछि पर्साका नेताहरूको चौतर्फी आलोचना भएको छ।    नेताहरूको आलोचना भएपछि जनता समाजवादी पार्टी तथा नेपाली काङ्ग्रेसका नेताहरूले छुट्टाछुट्टै स्थानमा शहीदहरूको फालिएको तस्वीर ल्याएर सम्मान गरेका थिए।    घण्टाघरमा आयोजित सम्मान कार्यक्रममा जसपाका नेताहरूले फोहरको डुङ्गुरमा शहीदहरूको तस्वीर मिल्काउनेलाई कारबाई गर्नुपर्ने माग गरेका थिए।    कार्यक्रममा […]

कोरोना कहर !

– विनोद गुप्ता    रोबर्ट एफ केनेडी जुनियरले जर्मनीको बर्लिन शहरमा १०औं हजार जनसमुदायलाई सम्बोधन गर्दै भने– बिल गेट्सका Bio- security agenda, the rise of Authoritarean surveillance state and the big pharma sponsored coup d’etat against liberal democracy. The pandemic is a crisis of convenience for the elite who are dictating these policies.    इटलीमा पिसिआर परीक्षण […]

अतिविपन्न परिवारलाई राहत

प्रस, वीरगंज, २३ भदौ/    वीरगंज महानगर–१५ लक्ष्मणवामा युवाको आवाज वीरगंज नामक संस्थाले मङ्गलवार राहत सामग्री वितरण गरेको छ।    विभिन्न व्यक्तिको सहयोगमा  स्थानीय युवाहरूले राहत वितरण गरेका हुन्। उनीहरूले राहत सामग्री गाडीमा राखेर अतिविपन्न, गरीब १५ जनाको घरमैं पुगी राहत वितरण गरेका  थिए।    प्रतिपरिवार चामल १ बोरा, दाल २ किलो, चना १ किलो, सोयाबिन आधा किलो, […]

कुनियतपूर्ण सहानुभूति

आकाशलाई शून्य मानिन्छ। शून्य केही पनि होइन, र सबै थोक हो। शून्यको आविष्कार पहिले गणितको कुनै अर्थ थिएन। श्रीकृष्णले पनि गीतामा भनेका छन् म शून्यको पनि महाशून्य हुँ। अर्थात् शून्य केही हो। शून्य आकाश हो। आज त्यही आकाश मानवजातिका लागि वर्जित गरिएको छ। वर्जना वायुयानमा प्रतिबन्ध मात्र लगाएर गरिएको होइन, मानिसको वैचारिक आकाशलाई पनि लकडाउन […]

राजा भनेको राजा नै हो

– कुमार रुपाखेती    धेरै नेपालीहरूले अहिले राजा महेन्द्र र उनका योगदानलाई सम्झिने गरेका छन्। आज मलाईसमेत राजा महेन्द्रबारे दुई हरफ लेख्न मन लाग्यो। राजा महेन्द्रको बाल्यकाल नै तनावपूर्ण र उथलपुथल वातावरणमा हुर्के–बितेको देखिन्छ। श्री ५ को नाममा श्री ३ को जगजगी, पिता त्रिभुवन नै राणाहरूको खटनपटनमा बस्नुपर्ने, दरबारभित्र र बाहिरसमेत श्री ३ को दबदबा, समुचा […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।