उपभोक्ता मञ्चद्वारा राहत वितरण


प्रस, वीरगंज, २३ भदौ/
    उपभोक्ता हित संरक्षण मञ्च वीरगंज नगर कमिटीले वीरगंज महानगरका केही स्थानमा राहत वितरण गरेको छ।
    वीरगंज महानगर–२ निवासी हाल वैदेशिक रोजगारमा कतारमा रहेकाहरूले गरेको आर्थिक सहयोगबाट वीरगंज महानगरका बिर्ता, छपकैया, रानीघाट, मुर्ली, श्रीपुरमा रहेका अतिविपन्न, विपन्न, दैनिक ज्यालादारी गर्नेहरूलाई राहत वितरण गरिएको मञ्च वीरगंज महानगर कमिटी अध्यक्ष अजित भुजेलले बताए। प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, आधा किलो सोयाबिन, १ किलो नून ३० परिवारलाई वितरण गरिएको अध्यक्ष भुजेलले बताए।  

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्