प्रस, सेढवा, २१ भदौ/
    पर्साका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा प्रभावकारी हुन सकेको छैन। लकडाउन, निषेधाज्ञामा इन्टरनेट सेवा तोकिए अनुसारको प्राप्त नभएको स्थानीयले गुनासो गरेका छन्।
    जीराभवानी गाउँपालिका–३ नौकाटोलाका दीपेन्द्र चौधरीले लकडाउन र निषेधाज्ञामा इन्टरनेट सेवा लिएका ग्रामीण क्षेत्रका मानिसहरू ठगिएको बताए। उनले तोकिए अनुसारको इन्टरनेट स्पीड उपलब्ध नगराइएको बताए।
    यसैगरी, इन्टरनेट सेवा बेलाबेलामा अवरुद्ध हुने र कम्पनीलाई खबर गर्दा वास्ता नगर्ने गरेको चौधरीले गुनासो गरे। उनले सुविसु इन्टरनेट सेवा लिएको र त्यसबाट दुःख झेल्नुपरेको दुःखेसो पोखे।
    जीराभवानीमा दुई दिनदेखि इन्टरनेट सेवा अवरुद्ध छ। कम्पनीका मानिसलाई लगातार फोन गर्दा पनि बेवास्ता गरेकाले सेवा सुचारु हुन सकेको छैन। इन्टरनेट नभएपछि अनलाइन कक्षा, बैंकिङ कारोबार, विप्रेषण लिनेहरूलाई समस्या भएको छ। यसको साथै इन्टरनेटमा रुमलिने युवाहरू पनि मनोरञ्जनबाट वञ्चित भएका छन्।
    ठोरी गापा–५ सुवर्णपुरका अजित लामाले शुल्क लिन ढिलाइ नगर्ने तर सोअनुरूपको सेवा नदिने गरेको बताए। शुल्क ढिलाइ भएको खण्डमा इन्टरनेट काटिदिने तर अवरुद्ध भएको बेलाको गणना नगर्ने नगर्दा ग्रामीण क्षेत्रका मानिसहरूको शोषण भइरहेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here