विन्दवासिनीमा राहत गोदाममा थन्कियो

प्रस, वीरगंज, १७ भदौ/वीरगंज महानगरपालिका–१९ विन्दवासिनीका अध्यक्ष सन्तोष तिवारीको लापरवाहीको कारण गत वर्ष खरीद गरिएको राहत सामग्री गोदाममा थन्किएको छ ।विन्दवासिनी मन्दिर प्राङ्गणमा रहेको वडा कार्यालयको गोदाममा दुई सय बोरा चामल, ४ सय किलो दाल, नून, खानेतेललगायत अन्य सामग्री नष्ट हुन थालेको गाउँलेहरूले जानकारी दिएका छन् । राहतको लागि लक्षित परिवार असारदेखि नै प्रतीक्षामा रहेको […]

निषेधाज्ञाले अटोचालकलाई किस्ता तिर्न समस्या

प्रस, ठोरी, १७ भदौ/ठोरी गाउँपालिका–४ का प्रेम श्रेष्ठले अटोको किस्ता तिर्न नसकेको ६ महीना भयो । एक वर्षअघि ऋण गरेर श्रेष्ठले मासिक १० हजार किस्ताबन्दीमा अटो किनेका थिए ।लकडाउनअघि अटोको कमाइबाट किस्ता तिर्न र घर खर्च चलाउन पुगे पनि उनले लकडाउन शुरू भएपछि चैतयता किस्ता तिर्न सकेका छैनन् । किस्ता तिर्न बैंकले ताकेता गरिरहेको उनको […]

कोरोना जितेको खुशीयाली मनाउँदा सातजना घाइते

प्रस, रौतहट, १७ भदौ/रौतहटको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारी कोरोना सङ्क्रमणमुक्त भई घर फर्केको खुशीयालीमा मोटरसाइकल ¥याली निकाल्दा मङ्गलवार राति गाउँले र वडाध्यक्षका कार्यकर्ताबीच झडप भएको थियो ।झडपमा दुवै पक्षका सातजना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । झडपमा वडाध्यक्ष पक्षका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकील अन्सारी, मोजामिल अन्सारी घाइते […]

जिल्ला सङ्घर्ष समितिद्वारा १० सूत्रीय माग सार्वजनिक

प्रस, रौतहट, १७ भदौ/निरञ्जन राम र विजय राम हत्याकाण्ड जिल्ला सङ्घर्ष समिति रौतहटले १० सूत्रीय माग सार्वजनिक गरेको छ ।इलाका प्रहरी कार्यालयअगाडि धर्नास्थलमा बुधवार पत्रकार सम्मेलन आयोजना गरी समितिले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो । निरञ्जन राम र विजय रामलाई शहीद घोषणा गर्नुपर्ने, प्रहरीद्वारा हत्या गरिएको भनिएको विजय रामको मुुद्दा दर्ता गरी दोषी प्रहरीलाई कारबाई […]

हावाहुरी र पानीले धानखेती प्रभावित

प्रस, सेढवा, १७ भदौ/गएराति हावाहुरीसँगै परेको पानीले जीराभवानी गाउँपालिकालगायतका क्षेत्रमा भदैया मन्सुली धानलाई क्षति पु¥याएको छ ।धानको बाला निस्केर दाना लागेको बाली गएरातिको हावाहुरी र पानीले ढालेको छ । जीराभवानी गापा–२ सेढवा निवासी अमृत चौधरीले धान ढलेकोहुँदा उत्पादनमा केही कमी हुने बताए । उनले बाला लागेको धान ढलेपछि सप्रने सम्भावना क्षीण हुने र धान कुहिने […]

पोखरियामा एक महिलासहित ३५ जनाद्वारा रक्तदान

प्रस, पोखरिया, १७ भदौ/पोखरिया नगरपालिकामा रहेको वनकटवा युवा उत्थान समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ३५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए ।रक्तदान कार्यक्रममा ममता पटेल, वीरेन्द्र पटेल, बृजु साह, विराज पटेल, नवराज गिरी, विरन बैठा, गेनालाल ठाकुर, सुरज चौहान, अशोक पटेल, श्याम ठाकुर, भोला गिरीलगायतले रक्तदान गरेको प्राविधिक कुशवाहाले […]

पर्सा र बारामा ६४ जना सङ्क्रमित

पर्सा र बारामा ६४ जना सङ्क्रमित प्रस, वीरगंज, १७ भदौ/पर्सा र बारामा थप ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।वीरगंजस्थित नारायणी प्रयोगशालामा गएरातिको पिसिआर परीक्षणमा पर्सा र बाराका थप ६४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकृत डा अतुलेश चौरसियाले बताए । प्रयोगशालामा ४९० जनाको स्वाब नमूनाको पिसिआर परीक्षण गर्दा बाराका ५० जनासहित […]

रेडक्रस पर्साद्वारा चार स्थानमा प्याडल बेसिन जडान

प्रस, पोखरिया, १७ भदौ/नेपाल रेडक्रस सोसाइटी पर्साले पोखरियामा दुई र जगरनाथपुर गाउँपालिकाका दुई स्थानमा प्याडल बेसिन जडान गर्नुका साथै सरसफाइ, खानेपानी र हातधुने कार्यक्रमका लागि सम्झौता गरेको छ ।युनिसेफको सहयोगमा नेरेसो पर्साले पोखरिया नपा–४ स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, वडा नं ६ स्थित महोबनी पद्म मावि रानीगंज र जगरनाथपुर गापा–१ र ४ स्थित नेराप्रावि […]

तीसजना किसानलाई युरिया मल

प्रस, पंचगावाँ, १७ भदौ/साहस साना किसान कृषि सहकारी संस्था लि. सखुवाप्रसौनी गाउँपालिकाले किसानलाई युरिया मल बिक्री गरेको छ ।वडा नं ६ लखनपुर, पर्सा टोलमा संस्थाले ३० बोरा युरिया मल बिक्री वितरण गरेको हो । बलुवा, महुवन, लखनपुरमा प्रतिकिसान एक बोराको दरले युरिया मल बिक्री गरिएको हो ।साल्ट टे«डिङले युरिया मल उपलब्ध गराएपछि संस्थाले परल मोलमा […]