प्रस, रौतहट, १७ भदौ/
रौतहटको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारी कोरोना सङ्क्रमणमुक्त भई घर फर्केको खुशीयालीमा मोटरसाइकल ¥याली निकाल्दा मङ्गलवार राति गाउँले र वडाध्यक्षका कार्यकर्ताबीच झडप भएको थियो ।
झडपमा दुवै पक्षका सातजना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । झडपमा वडाध्यक्ष पक्षका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकील अन्सारी, मोजामिल अन्सारी घाइते भएका छन् भने गाउँलेतर्पmका जयदा खातुन, शेष नसिब घाइते भएका छन् ।
निषेधाज्ञाको अवज्ञा गर्दै ¥याली निकालेको र यस किसिमको ¥यालीले कोरोना सङ्क्रमणमा बल पुग्ने भन्दै सोही वडाका वासीले विरोध जनाएका थिए । कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको खुशीयालीमा करीब २० वटा मोटरसाइकलमा ४० जनाभन्दा बढी वडाध्यक्षका कार्यकर्ता एवं शुभचिन्तकहरूले जुलुस निकालेका थिए ।
वडाध्यक्ष अन्सारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ९ गते चन्द्रपुरको चाँदीपार्क आइसोलेशन कक्षमा राखिएको थियो । वडाध्यक्ष सकिल अन्सारीसँग सम्पर्क गर्दा आपूm वडाका जनतासँग भेटघाट गर्न गइरहेको अवस्थामा विपक्षी नेपाली काङ्ग्रेसका शेख सकउलाहले वडाध्यक्षमाथि नै लाठी प्रहार गरेको उनको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here