रोबोटबाट सङ्क्रमितलाई खाना र औषधि

प्रस, वीरगंज, १४ भदौ/    वीरगंजका सङ्क्रमितहरूका लागि सिस्टर रोबोटले खाना र औषधि पु–याउने भएको छ।    सानो पाइला वीरगंजले राष्ट्रिय अनुसन्धान परिषद्ले तयार पारेको सिस्टर रोबोटद्वारा वीरगंजका कोभिड अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितहरूलाई खाना, औषधि तथा अत्यावश्यक सामान पु–याउने भएको छ।    सानो पाइलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीहरूको रोहबरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरलाई एक थान […]

निषेधाज्ञा हटेपछि चहलपहल बढ्यो

प्रस, वीरगंज, १४ भदौ/    जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरपालिकाबाहेक पर्सा जिल्लामा लगाएको निषेधाज्ञा हटाएपछि ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ।    पर्सागढी नगरपालिकामा जिल्ला प्रशासन कार्यालय, पर्साले भदौ १४ गतेदेखि निषेधाज्ञा हटाए पनि शनिवारदेखि नै पसलहरू निर्बाध सञ्चालनमा आएका थिए। निषेधाज्ञा हटेको सूचना बाहिरिएपछि पर्सागढी नगरपालिकाका पसलहरू खुलेका थिए। आइतवार पनि यहाँका पसलहरू सञ्चालनमा छन्। सवारीसाधनहरू […]

वयोधाले भिटिएम प्लास्टिकको झोलामा पठाउँछ

राधेश्याम पटेल, वीरगंज, १४ भदौ/    नारायणी वयोधा अस्पताल वीरगंजले कोरोनाका शङ्कास्पद बिरामीका परिवारजनबाटै नारायणी अस्पतालको पिसिआर ल्याबबाट भिटिएम मगाउने र स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाउने गरेको घटना सार्वजनिक भएको छ।    नारायणी वयोधा अस्पतालको भेन्टिलेटरमा उपचाररत वीरगंज–१० आदर्शनगरका एकजना ७२ वर्षीय वृद्धको स्वाब सङ्कलन गर्न निजकै छोराबाट भिटिएम किट मगाएको र स्वाब सङ्कलन गरी प्लास्टिकको […]

ग्रामीण क्षेत्रमा खाद्य, औषधि, मलको अभाव हुँदै

प्रस, वीरगंज, १४ भदौ/    कोरोना सङ्क्रमणसँगै लकडाउन र निषेधाज्ञाले ग्रामीण क्षेत्रमा औषधि, कृषि सामग्री, खाद्यान्नको अभाव हुँदैछ।    लामो समयदेखि लकडाउन र निषेधाज्ञा झेल्दै आएको ग्रामीण क्षेत्रमा अहिले अत्यावश्यक औषधिको अभाव भएको छ भने मलको सङ्कट पहिलेदेखि नै छ। यसैगरी, खाद्यान्न सामग्रीको पनि अभाव हुँदैछ। सीमा सिल भएको कारण त्यहाँबाट हुने व्यापार लुकीछिपी मात्र भइरहेको छ। […]

रिक्शा, ठेला मात्र अलपत्र अवस्थामा

वीरगंजको विपी उद्यानमा अहिले रिक्शा र ठेला मात्र छन्। मोटरसाइकल, जीप, कार, भ्यान, ट्रक सोर्सफोर्स, सिफारिश र दण्ड जरिवाना तिरेर छुटेका छन् तर सोर्स, सिफारिश नभएका र दण्ड, जरिवाना पनि तिर्न नसकेर दैनिक ज्याला गरेर खाने रिक्शा, ठेला मात्र अलपत्र अवस्थामा राखिएको छ। तस्वीरः प्रतीक

७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रस, वीरगंज, १४ भदौ/    नारायणी अस्पताल पिसिआर प्रयोगशालाले शनिवार ४४२ जनाको पिसिआर परीक्षण गरेकोमा ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ।    शनिवार अबेर राति सार्वजनिक भएको रिपोर्ट अनुसार पर्साका ४७, बाराका ३०, मोरङ र काठमाडौंका १/१ जना गरी ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो। वीरगंज महानगर–२४ रामगढवाका एकजना ७५ वर्षीय वृद्धमा जिन एक्सपर्ट प्रविधिबाट […]

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, १४ भदौ/रासस    आइतवार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनुका साथै भारतको मध्यप्रदेश तथा आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको छ।    हाल गण्डकी, सुदूरपश्चिम, प्रदेश नं १ र २ का अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही अन्य […]

गरुडाका प्रनाउ प्रदेश प्रहरी कार्यालयमा तानिए, धर्ना जारी

प्रस, रौतहट, १४ भदौ/    कर्तव्यज्यान मुद्दामा पक्राउ परी हिरासतमा रहेको बेला उपचारको क्रममा मृत्यु भएका रौतहटका विजय रामको घटनामा आरोपित इलाका प्रहरी कार्यालय, गरुडाका प्रनाउ ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको छ।    गरुडा नगरपालिका–८ जिङ्गडियाका २० वर्षीय निरञ्जन रामको हत्या अभियोगमा पक्राउ परेका सातजनामध्ये विजय रामको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो। […]

रौतहटमा निषेधाज्ञा एक साता बढ्यो

प्रस, रौतहट, १४ भदौ/    रौतहटमा निषेधाज्ञाको समय थप गरिएको छ। भदौ २१ गतेसम्मका लागि निषेधाज्ञा अवधि थप गरिएको छ।    हिजो बसेको बैठकले भदौ २१ गतेसम्मको लागि थप एक साताको अवधि थप गरेको हो। यो अवधिमा जिल्ला प्रशासन कार्यालय, रौतहटले बिहान ७ देखि मध्याह्न १२ बजेसम्म खाद्यान्न, निर्माण सामग्री, बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनको अनुमति दिएको […]