७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रस, वीरगंज, १४ भदौ/
    नारायणी अस्पताल पिसिआर प्रयोगशालाले शनिवार ४४२ जनाको पिसिआर परीक्षण गरेकोमा ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ।
    शनिवार अबेर राति सार्वजनिक भएको रिपोर्ट अनुसार पर्साका ४७, बाराका ३०, मोरङ र काठमाडौंका १/१ जना गरी ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो। वीरगंज महानगर–२४ रामगढवाका एकजना ७५ वर्षीय वृद्धमा जिन एक्सपर्ट प्रविधिबाट सङ्क्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
    ६ महीने बालकदेखि ९७ वर्षसम्मका ७९ जना सङ्क्रमितमा २५ जना महिला र ५४ जना पुरुष रहेका छन्। पर्साका सङ्क्रमितमध्ये पोखरिया नगरपालिकाका १२ जना, बाराका विश्रामपुर गापाका ३ जना, महागढीमाई नपा र जीतपुरसिमरा उमनपाका २/२ जना सङ्क्रमित रहेका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्