२०७७ भदौ ०४ गते बिहीवारको प्रतीक दैनिक
a
पर्सा, बारा र सप्तरीका ११७ जना सङ्क्रमित थपिए
राधेश्याम पटेल, वीरगंज, ३ भदौ/ नारायणी प्रयोगशालाले मङ्गलवार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार पर्सा, बारा र सप्तरीका ३६ जना महिलासहित ११७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ। सोमध्ये पर्साका १११ जना, बाराका ५ जना र सप्तरीका एकजना रहेका छन्। पर्साको बहुदरमाई नगरपालिकामा ९० जना सङ्क्रमित भेटिएका छन्। यसअघि, बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्रप्रसाद साहलाई कोरोना […]
आइसोलेशनमा बस्ने सङ्क्रमितहरू बजार, पसल डुल्दै
प्रस, सेढवा, ३ भदौ/ सखुवाप्रसौनी गाउँपालिकाको आइसोलेशनमा बस्ने सङ्क्रमितहरू खुलेआम बजारमा हिंड्डुल गर्ने गरेको समाचार छ। गाउँपालिकाको चरम लापर्बाहीका कारण कोरोना सङ्क्रमितहरू सुखवाप्रसौनीका गाउँ, बजारमा डुल्ने गरेको स्थानीयले गुनासो गरेका छन्। सखुवाप्रसौनी गाउँपालिकाको नेपाल राष्ट्रिय मोहन आधारभूत विद्यालयमा सञ्चालित आइसोलेशनमा आठजना कोरोना सङ्क्रमित छन्। सो आइसोलेशनको निगरानी गर्ने कोही नहुँदा सङ्क्रमितहरू बाहिर निस्किने, पसलबाट गुटखा […]
सङ्क्रमण कम गर्न प्रशासन र पत्रकारको प्रमुख भूमिका
प्रस, रौतहट ३ भदौ/ जिल्ला प्रहरी कार्यालय, रौतहटमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मङ्गलवार पत्रकार सम्मेलन गरी पत्रकार र प्रशासनको भूमिका मिल्दोजुल्दो रहेकाले सुमधुर सम्बन्ध कायम राख्नुपर्ने बताएका छन्। उनले कोभिड–१९ सङ्क्रमण कम गर्न प्रशासन र प्रहरीको प्रमुख भूमिका रहने बताए। जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले अस्पतालमा पिसिआर परीक्षण विधिलाई अगाडि […]
चौबीस घण्टामा तीनजनाको मृत्यु
प्रस, वीरगंज, ३ भदौ/ कोरोना सङ्क्रमणबाट २४ घण्टाभित्र तीनजनाको मृत्यु भएको छ। बुधवार अपराह्न ४ बजे वीरगंज महानगरपालिका–५ रेशमकोठी निवासी सङ्क्रमित एकजना महिलाको मृत्यु भएको छ। अलि अर्थो ट्रमा सेन्टरमा चार दिनदेखि उपचार गराइरहेकी ४० वर्षीया सो महिलाको मङ्गलवार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। मधुमेहका बिरामी ती महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि बुधवार बिहान १० बजे […]
विवादपछि भेडाहा खोलाको टेन्डर प्रक्रिया रोकियो
प्रस, वीरगंज, ३ भदौ/ वीरगंज महानगरभित्र पर्ने भेडाहा खोलाको टेन्डरको विषयमा विवाद भएपछि बुधवार बेलुकासम्म टेन्डर प्रक्रिया अगाडि बढ्न सकेको छैन। काठमाडौंबाट प्रकाशित हुने नेपाल समाचारपत्रमा साउन ५ गते सूचना प्रकाशित गरेर सूचना लुकाएको भन्दै विवाद भएको र बुधवार दिउँसो २ बजे खोलिने भनिएको टेन्डर प्रतिनिधिहरूको अनुपस्थितिका कारण रोकिएको थियो। यस विषयमा बुधवार दिउँसो ४ […]
राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
काठमाडौं, ३ भदौ/रासस दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधवार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा छोराहरू इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए। यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए। नेपाली सेनाका मानार्थ […]
सहयोग नगर्ने स्वास्थ्य संस्थालाई कारबाई गर्ने तयारी
प्रस, जनकपुरधाम, ३ भदौ/ कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरूविरुद्ध प्रदेश नं २ सरकारले कारबाई गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलवार अबेर सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने, संस्था खारेजीका लागि सङ्घीय सरकारमा सिफारिश पठाउनेलगायतका […]
१६ क्युफिट सालको गोलिया बरामद, वनविनाश बढ्दै
प्रस, पर्सागढी, ३ भदौ/ सबडिभिजन वन कार्यालय सबैयाले गएराति १६ क्युफिट सालको गोलियासहित दुईवटा साइकल नियन्त्रणमा लिएको छ। वीरगंज महानगरपालिका–३१ मिलनचोकबाट वनगस्ती टोलीले साइकल र गोलिया बरामद गरेको थियो। बरामद गोलिया सबडिभिजन वन कार्यालयमा राखिएको छ। निषेधाज्ञाको फाइदा उठाएर अहिले काठ तस्करहरूले व्यापकरूपमा वनविनाश गरिरहेको वनकर्मीहरूले नै बताएका छन्। अहिले विद्यार्थी र ज्यालादारी मजदूरी गर्नेहरू […]
कपडा बरामद
प्रस, सिम्रौनगढ, ३ भदौ/ पचरौता नगरपालिका–८ लङ्डाचोकबाट प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ। भारतबाट चारवटा मोटरसाइकलमा लोड गरी नेपाल ल्याइएको ६ लाख ७२ हजार मूल्य बराबरको कपडा बरामद गरी अनुसन्धानको लागि वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताए।