काठमाडौं, ३ भदौ/रासस
    दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधवार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा छोराहरू इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए। यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए।
    नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो। आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। कविवर घिमिरेको मङ्गलवार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here