कठिन मोडमा वीरगंज सेवा बन्द गर्ने चिकित्सकको चेतावनी

राधेश्याम पटेल, वीरगंज, २६ साउन/वीरगंज कठिन मोडमा पुगेको छ । नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सामूहिकरूपमा सेवा बन्द गर्ने चेतावनी दिंदै २४ घण्टे अल्टिमेटम दिएका छन् ।नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायसमक्ष सामूहिक निवेदन दिंदै उक्त माग स्थानीय प्रशासनसमक्ष राख्न आग्रह गरेका छन् । नेपाल चिकित्सक सङ्घ नारायणी वीरगंज शाखा तथा नारायणी अस्पतालमा कार्यरत […]

स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि चौकी सिल

प्रस, सेढवा, २६ साउन/जीराभवानी गाउँपालिका–२ स्थित सेढवा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी सिल गरिएको छ । गत बिहीवार गापाको क्वारेन्टाइनमा रहेका २७ जना, स्वास्थ्यकर्मी, प्रहरी तथा पत्रकार गरी चालीसजनाको स्वाब नमूना सङ्कलन गरिएको थियो । त्यसमध्ये आइतवार साँझ आएको रिपोर्टमा एकजना महिला स्वास्थ्यकर्मी सङ्क्रमित देखिएकी हुन् ।सङ्क्रमित देखिएकी स्वास्थ्यकर्मी चौकीमा […]

औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द

राधेश्याम पटेल, वीरगंज, २६ साउन/वीरगंजमा समुदायस्तरमा पैmलिएको कोरोना महामारीको कारण वीरगंज–पथलैया औद्योगिक कोरिडोरका अधिकांश उद्योग विगत दुई सातादेखि बन्द छन् । साना तथा मझौला गरी करीब १२ सय उद्योगमध्ये पर्सा र बारामा मुस्किलले २०–२५ वटा उद्योग सञ्चालनमा रहेको वीरगंजका उद्योगीहरूले बताएका छन् ।वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले खाद्यान्न, औषधि, फलामजन्य उद्योगबाहेक सबै बन्द […]

नारायणी अस्पतालमा भएको घटना दुःखद

राधेश्याम पटेल, वीरगंज, २६ साउन/नारायणी अस्पतालमा भएको तोडफोडको पर्साका प्रमुख राजनीतिक दलहरूले भत्र्सना गरेका छन् ।नेपाली काङ्ग्रेस पर्सा, जनता समाजवादी पर्सा र नेपाल कम्युनिस्ट पार्टी पर्साले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालमा आइतवार विरोध प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गर्दै भत्र्सना गरेका हुन् ।तीनै दलका अध्यक्षले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै महामारीको बेला अग्रपङ्क्तिमा रहेर […]

मलसहित गाडी बरामद

प्रस, वीरगंज, २६ साउन/जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार ५० बोरा भारतीय युरिया मलसहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।प्रहरीले सूचनाको आधारमा परवानीपुरमा रहेको अशोक साहको गोदामबाट १५ बोरा तथा ना.४च ४०६७ नम्बरको पिकअप भ्यानमा लोड गरिएको ३५ बोरा गरी ५० बोरा मल बरामद गरेको हो । बरामद ५० बोरा मल भारतीय भएको प्रहरीले जनाएको छ […]

एक्साभेटर झिकाउन अदालतको आदेश

प्रस, निजगढ, २६ साउन/विनाइजाजत सामुदायिक वन क्षेत्रमा सडक निर्माण गर्न प्रयोग गरेको एक्साभेटर पाँच दिनभित्र उपलब्ध गराउन मकवानपुर जिल्ला अदालतले आदेश दिएको छ ।बागमती प्रदेश, मकवानपुर जिल्लाको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, चुनढुङ्गा–दरबार सडक निर्माण उपभोक्ता समितिकी अध्यक्ष सृजना थिङ, जयबकैया कन्स्ट्रक्शन प्रालि, बकैया गापा–३ हात्तीसुँडेका सञ्चालक इन्द्रबहादुर मोक्तानविरुद्ध डिभिजन […]

सवा तीन लाखसहित पक्राउ

प्रस, पोखरिया, २६ साउन/प्रहरी चौकी भिस्वाले ३ लाख २५ हजार नेपाली रुपैयाँसहित एकजना व्यापारीलाई पक्राउ गरेको छ ।भिस्वाका नेपाली व्यापारी सोनु कुमारलाई सोमवार दिउँसो भारतको इनर्वाबाट नेपालको सीमा बुडगाईं भएर सो रकम लिएर आउने क्रममा भिस्वा प्रहरीले पक्राउ गरेको प्रहरी चौकी भिस्वाका इन्चार्ज प्रेम खत्रीले बताए ।इन्चार्ज खत्रीले हुण्डीको कारोबारमा सो रकम प्रयोजन हुन सक्ने […]

किंकर्तव्यविमूढता

अत्यासमा मानिसको होश हराउँछ । हामीले देखेका छौं, कहीं आगलागी भयो भने घरधनी छाती ठटाइठटाइरोइरहेको हुन्छ, अरू सहानुभूतिका शब्द ओकल्दै आगलागी नियालिरहन्छन् । यस्तोमा कोही होश भएको व्यक्तिले दन्किरहेको आगोमा पानी हाल्यो भने सबैको चेत फिर्छ र सबै पानी ओसार्न दौडन्छन् । अहिले कोरोनारूपी आगलागीले पनि त्यस्तै दृश्य उपस्थित गरेको छ । घरधनी बनेको सरकारलाई […]

फौजदारी अपराधमा सजाय निर्धारण

-अधिवक्ता विरेन्द्र प्रसाद यादव सामान्यतया कुनै पनि अपराधीलाई शारीरिक, मानसिक वा आर्थिक यातना भोग्न लगाउनु नै सजाय हो । अपराधीलाई दण्ड दिनुपर्ने विभिन्न कारण हुन्छ । बदला लिनको लागि प्रतिकारात्मक दण्ड, अपराध गर्नबाट निरुत्साहित गर्न निरोधात्मक दण्ड, अरू अपराध गर्न नदिन निवारणात्मक दण्ड वा सुध्रिने मौका दिन सुधारात्मक दण्ड प्रणाली प्रचलनमा छ । उपरोक्त दण्ड […]

लघु कर्जा:वरदान कि अभिशाप ?

वित्तीय संस्थाको इतिहास हेर्दा नेपालमा पहिलोपटक सन् १९३७ मा नेपाल बैंक लिमिटेडको स्थापना भयो । त्यसताका नेपालमा कागजी नोटको चलनसमेत थिएन । वित्तीय संस्थाको मौद्रिक, नियामक र पर्यवेक्षण गर्ने प्राधिकरणको रूपमा सन् १९५६ मा नेपाल राष्ट्र बैंकको स्थापना भएपश्चात् नेपालमा क्रमशः वित्तीय संस्थाहरू स्थापना हुन थाले । नेपालको दोस्रो वित्तीय संस्थाको रूपमा राष्ट्रिय वाणिज्य बैंक […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।