राधेश्याम पटेल, वीरगंज, २६ साउन/
नारायणी अस्पतालमा भएको तोडफोडको पर्साका प्रमुख राजनीतिक दलहरूले भत्र्सना गरेका छन् ।
नेपाली काङ्ग्रेस पर्सा, जनता समाजवादी पर्सा र नेपाल कम्युनिस्ट पार्टी पर्साले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालमा आइतवार विरोध प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गर्दै भत्र्सना गरेका हुन् ।
तीनै दलका अध्यक्षले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै महामारीको बेला अग्रपङ्क्तिमा रहेर ज्यान जोखिममा राख्दै मानवीय सेवामा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, एम्बुलेन्स चालकलगायतको मनोबल बढाउनुको सट्टा अस्पतालमा तोडफोड गर्नु निन्दनीय भएको बताएका छन् । दलहरूले अग्रपङ्क्तिमा रहेकाहरूको मनोबल उच्च राख्न सबैलाई हौसला दिन आग्रहसमेत गरेका छन् ।
विज्ञप्तिमा कोभिड–१९ बाट सङ्क्रमितहरूको उपचारमा चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीहरूले हरक्ष्Fण सबै प्रकारका सेवा दिइरहेको सर्वविदित छ । ज्यान जोखिममा राखेर दिनरात जीवनरक्षामा खटेका व्यक्तिप्रति आभार प्रकट गर्न चाहन्छौं । सङ्क्रमितहरूको उपचार र सेवामा दिनरात समर्पित भई काम गरिरहेका राष्ट्रसेवकहरूको मनोबल उच्च राख्न हौसला बढाउन सम्पूर्ण जनमानसमा हार्दिक अपील गर्दछौं भनिएको छ ।
उचित उपचारको माग गर्दै आइतवार भएको विरोधको क्रममा प्रदर्शनकारीहरूले नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहको गाडी तोडफोड गरेका
थिए । विज्ञप्तिमार्पmत् तीनै दलका अध्यक्षहरूले घटनाको निन्दा गर्दै आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भनी अपील गरेका छन् ।