अत्यासमा मानिसको होश हराउँछ । हामीले देखेका छौं, कहीं आगलागी भयो भने घरधनी छाती ठटाइठटाइ
रोइरहेको हुन्छ, अरू सहानुभूतिका शब्द ओकल्दै आगलागी नियालिरहन्छन् । यस्तोमा कोही होश भएको व्यक्तिले दन्किरहेको आगोमा पानी हाल्यो भने सबैको चेत फिर्छ र सबै पानी ओसार्न दौडन्छन् । अहिले कोरोनारूपी आगलागीले पनि त्यस्तै दृश्य उपस्थित गरेको छ । घरधनी बनेको सरकारलाई अहिलेकै बेला आप्mनो कुर्सी जोगाउने चटारो परेको छ । सत्ता रहे न भोलि कमाउँला–खाउँला भन्ने सरकार पक्ष्Fधर कर्मचारीतन्त्र पनि त्यही रन्कोमा जेलिन पुगेको छ । न सरकारलाई पानी (औषधि) ओसार्ने होश छ, न प्रशासनमा भएको साधनको उपयोग गरेर तात्कालिक राहत पु¥याउने विवेक कायम छ । कोरोना सङ्क्रमित त आप्mनो गतिले कालको गालमा परि नै रहेका छन्, स्वार्थी–लोभी र व्यापारी बुद्धिका निजी अस्पतालका सञ्चालकहरूको अति गैरजिम्मेवार कामले कोरोनाइतर अन्य रोगीहरू पनि उपचार नपाएर कालको गालमा परिरहेका छन् । नेपालमा कोरोना भित्रिएको आज पुग नपुग पाँच महीना हुन लाग्यो तर अहिलेसम्म यसमा प्रभावकारी देखिएको रेम्डेसिविर औषधि आयातमा सरकारले प्रतिबन्ध हटाउन सकेको छैन ।
आपत्का बेला निवारणको तत्काल उपाय नसुझ्नु बुझिने कुरा हो, तर देखेको उपाय लागू गर्न निस्चेष्ट बस्नु महामूर्खताको निशानी हो । यो त त्यस्तै भयो, जुन घरधनीको घरमा आगलागी भएको छ, उसले आप्mनै कुवाँको मुखमा भारी चट्टान राखेको होओस् । सरकार र प्रशासनले निरोधात्मक उपाय–लकडाउन र निषेधाज्ञाबाहेक अहिलेसम्म केही गर्न सकेको छैन । गण्डक अस्पताल र वीरगंज हेल्थकेयर अस्पताल नागरिकको सदाशयतामा कोभिड बिरामीको उपचारका लागि प्रदान गरिएको हो । तर ती अस्पतालको क्ष्Fमताले अब बिरामीको चाप सहन सकिरहेको छैन । न सरकार, न प्रशासन, उपचारका लागि थप अस्पतालको निर्धारण गर्न सकिरहेका छैनन् । ती अस्पताल जसले सामान्य रोगीको पनि उपचार गरिरहेका छैनन्, तिनलाई प्रशासनले कोरोना उपचारको लागि नियुक्त गर्न केको छेकबार ? रोगीको उपचार नगर्ने अस्पतालको लाइसेन्स सरकारले खारेज गर्न किन नसकेको ? यस्तोमा यदि उपचार नपाएर कसैको मृत्यु हुन्छ र नागरिक आक्रोशित हुन्छ भने किन आपत्ति ? हो आक्रोशको तारो जो हुनुपथ्र्यो, त्यो नभएर काम गर्ने ठाउँ पर्न जानु दुःखद हो ।
यस्तो किंकर्तव्यविमूढता किन ? किंकर्तव्यविमूढताको क्षण तात्कालिक हुन्छ । केही बेरपछि त्यो स्वतः निख्रेर जान्छ । तर पाँच महीनासम्म यो अवस्था रहनुलाई सरकार कोमामा पुगेको नै ठान्नुपर्छ । बल्ल प्रदेश २ सरकारको पहलमा केन्द्र सरकारका एकजना मन्त्रीले वीरगंजमा एउटा निजी अस्पताललाई कोभिड अस्पताल बनाउने वाचा गरेका छन् । त्यति पनि भइदिए कोरोना पीडितहरूले जीवन र मृत्युको दोसाँध घरमैं बसेर बिताउनुपर्ने थिएन । त्यसैगरी, सरकारले ती निजी अस्पतालहरू जसले सामान्य रोगीको पनि उपचार गरिरहेका छैनन्, तिनकै उपयुक्त उपचार गर्न अघि सर्ने हो भने मानिसमा बाँच्ने मनोबलको विकास हुने थियो । यसै पनि कुनै रोगविरुद्ध औषधिभन्दा बढी मनोबलले असर गर्छ भन्ने विज्ञानसिद्ध प्रमाण छँदैछ । यस्तो उपाय गर्न सके सरकार र प्रशासनको किंकर्तव्यविमूढता छर्लङ्गिएर जनकल्याणको काममा पनि चासो उत्पन्न भएको ठहर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here