मकवानपुरमा निषेधाज्ञा, राजमार्ग बन्द

प्रस, मकवानपुर, २७ साउन/मकवानपुरमा मङ्गलवार राति १२ बजेदेखि अनिश्चिनकालीन निषेधाज्ञा शुरू भएको छ । हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी राजमार्गक्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।हेटौंडा नगर क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकको निर्णय अनुसार उपमहानगर पालिकाको क्षेत्रदेखि पाँच सय मिटर आसपासका क्षेत्र र मनहरी […]

सत्तारूढ दलबाटै प्रहरीको विरोधमा प्रदर्शन

प्रस, सिम्रौनगढ, २७ साउन/सत्तारूढ नेकपाका नेता, कार्यकर्ताहरूले मङ्गलवार सिम्रौनगढमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।जिल्ला प्रशासन कार्यालय बाराले साउन २४ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा सबैखाले प्रदर्शन निषेध छ । तर इलाका प्रहरी कार्यालय सिम्रौनगढको विरोधमा नेकपा सिम्रौनगढ नगरकमिटीले जुलुस प्रदर्शन गरेको हो । सयौंको सङ्ख्यामा नेकपाका कार्यकर्ताहरू […]

ठोरीमा वडापालिकाद्वारा निषेधाज्ञा

माधव तिमिल्सिना, ठोरी, २७ साउन/ठोरी गाउँपालिका–४ को वडापालिकाले आप्mनो क्षेत्रभित्र अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।वडाध्यक्ष बैइबहादुर पाख्रिनको अध्यक्षतामा वडापालिकाको कार्यालय निर्मलबस्तीमा मङ्गलवार बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वडाको क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । बैठकले साउन २८ गते बुधवार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको वडाध्यक्ष पाख्रिनले बताएका छन् ।सो अवधिमा […]

सिरहा र सप्तरीमा १२ जना सङ्क्रमित

प्रस, सप्तरी, २७ साउन/राजविराजस्थित गजेन्द्रनारायण सिंह प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षण अनुसार सोमवार रातिआएको रिपोर्टमा सिराहा र सप्तरीका समेत १२ जनामा कोरोना पुष्टि भएको छ ।सङ्क्रमितमध्ये सिराहाका ८ र सप्तरीका ४ जना छन् । सिराहाको एकै वडाका ७ जनामा सङ्क्रमण देखिएको हो । सुखीपुर नगरपालिका–९ का ४२, २८, २६, २९, २२, २१ र ३५ वर्षका […]

गाँजासहित दुईजना पक्राउ

प्रस, सर्लाही, २७ साउन/गाँजासहित सर्लाही प्रहरीले सोमवार राति दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका वडा नं २ का ५० वर्षीय सुरेश पासवान र ८ का २८ वर्षीय रवीन्द्र लामा छन् ।प्रहरीका अनुसार उनीहरूलाई लालबन्दी नगरपालिका वडा नं. १० बाट राति साढे १० बजे २० किलो गाँजासहित पक्राउ गरिएको हो ।बोरामा गाँजा […]

मौद्रिक नीति र कोरोना सङ्कट : एक चर्चा

विनोद गुप्ता चालू आव २०७७/७८ को बजेटबाट असन्तुष्ट एवं निराश बनेका नेपालका उद्योगी–व्यवसायी अहिले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट भने उत्साहित बनेका छन् । Credit to Core Capital Deposit (CCD) अनुपातलाई ८० प्रतिशतबाट ८५ प्रतिशत गरिनु र Capital Ratioserve Ratio (CRR) प्रतिशतबाट घटाएर ३ प्रतिशतमा पु¥याउने तथा Reporate घटाउने र Counter Cyclical Buffer […]

वीरगंजको आशा

एक समय देशको एकमात्र प्रवेशद्वार मानिएको वीरगंज महानगर अहिले चौतर्फी सङ्कटको घेरामा परेको छ । देशको अर्थतन्त्रको शक–अब्जर्भरको रूपमा रहेको यो शहर प्रत्येक राष्ट्रिय घटना–दुर्घटनाको भागी रहेको छ र सबैभन्दा बढी हण्डर खाएको छ र घाटा पनि बेहोरेको छ । पहिलो राजनीतिक क्रान्तिदेखि पछिल्लो मधेस आन्दोलनसम्म वीरगंज अग्रपङ्क्तिमा रहेको हो । तर कुनै पनि क्रान्ति […]

दोषी देखिएका अस्पतालविरुद्ध कारबाइको तयारी

प्रस, जनकपुरधाम, २६ साउन/प्रदेश २ सरकारको प्रतिनिधिमण्डलले कोरोना रोकथामका लागि सङ्घीय राजधानी काठमाडौं पुगेर सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीको नेतृत्वमा गएको टोलीले आइतवार सङ्घीय सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वरराय यादवसँग भेट गर्दै प्रदेशमा पैmलिरहेको कोरोना महामारीको अवस्थाबारे ध्यानाकर्षण गराएको हो । प्रदेश […]

पोखरिया अस्पतालका चिकित्सकसहित वीरगंजमा थपिए २२ जना सङ्क्रमित

प्रस, वीरगंज, २६ साउन/वीरगंजमा एकजना चिकित्सक, केही स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पताल कोभिड प्रयोगशालाले आइतवार राति जारी गरेको नतीजा अनुसार ६ महिलासहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए । सङ्क्रमित १८ वर्षका युवकदेखि ५० वर्ष उमेर समूहका महिला, पुरुष रहेका […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।