पोखरियामा २५ शय्याको आइसोलेशन निर्माण

प्रस, पोखरिया, २४ साउन/पोखरिया अस्पतालमा २५ शय्याको आइसोलेशन बन्दैछ। प्रदेश सरकारले गत आवमा रु ३७ लाख आइसोलेशन निर्माण र भोजन व्यवस्थापनको लागि पठाएकोमा बल्ल अहिले आइसोलेशन तयारी हुँदैछ। अस्पतालका मेसु डा अनिल यादवले रु २७ लाख भवन व्यवस्थापनमा र रु १० लाख खाजा र खानामा खर्चको लागि प्रदेश सरकारले बजेट पठाएको र सोही अनुरूपको २५ […]

पर्सागढी नपाका प्रमुख यादव अस्वस्थ

प्रस, पर्सागढी, २४ साउन/पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्। केही दिनदेखि लगातार ज्वरो, खोकी आएपछि शुक्रवार साँझ तराई अस्पतालमा नगरप्रमुख यादव भर्ना भएका छन्।उनको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी छ। नगरप्रमुख यादवले सामाजिक सञ्जालमार्फत् आफू अस्पतालमा उपचार गराइरहेको र स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन्। अस्पतालबाट उनले हाल कोरोनासम्बन्धी चिकित्सकीय […]

गाडीले किचेर सहचालकको मृत्यु

प्रस, वीरगंज, २४ साउन/वीरगंजको आइसिपीमा गाडीले किचेर सहचालकको मृत्यु भएको छ।मृत्यु हुने भारत, बा–ह वन, जिल्ला पिपरिया बस्ने २९ वर्षीय रामअचल कास्य रहेको प्रहरीले जनाएको छ। एपी ४७६० नं.को गाडीका सहचालक कास्य गाडीको तल सुतिरहेको अवस्थामा दिउँसो गाडी गुडेपछि त्यसले किचिएर उनको मृत्यु भएको हो। सो गाडी आन्ध्र प्रदेशबाट तीन दिनअघि सामान बोकेर नेपाल आएको […]

बडनिहारमा जन्माष्टमी मेला नलाग्ने

प्रस, बिरुवागुठी, २४ साउन/पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारमा यस वर्ष जन्माष्टमीको मेला नलाग्ने भएको छ।कोरोना सङ्क्रमणको कारण लकडाउन शुरू भएदेखि मठमन्दिर, मस्जिद, चर्च बन्द गरिएकोमा अहिलेसम्म नखुलेको र सरकारले भीडभाड हुने गरी कुनै पनि सभा, समारोह, मेला आदि नगर्न निर्देशन गरेको कारण साउन २७ गते पर्ने जन्माष्टमी मेला नहुने भएको हो। विगत ३५ वर्षदेखि पकडिया बडनिहार […]

जनताको ज्यान लिने ‘प्रोटोकल’

-ओमप्रकाश खनालनेपालको संविधान २०७२ को धारा ३५ मा नागरिकको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ। संविधानको यो धाराले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निश्शुल्क प्राप्त गर्ने हक हुनेछ मात्र भनेको छैन, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गर्न नमिल्ने उल्लेख छ। कार्यान्वयनको पाटो हेरौं, अहिले कोरोना महामारीको कहरमा अन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुगेका बिरामीको […]

असल कार्य गर्न तत्पर युवा

युवा साहस, उत्साह एवं ऊर्जाको सङ्घनित पुञ्ज हो। उसले चाहन्छ भने नयाँ परिभाषा गढ्न सक्छ, समाज एवं राष्ट्रको कायाकल्प पनि गर्न सक्छ। पहिले समाजसेवा र व्यापार दुई भिन्न कार्य मानिन्थ्यो। पछि यी दुवै एक भयो। यसको परिणाम हो कि आज युवाको नयाँ बिरुवा एकसेएक यस्ता अनौठा उद्यम शुरू गरिरहेका छन्, जसबाट उनीहरूको मात्र होइन समाज […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।