पर्सागढी नपाका प्रमुख यादव अस्वस्थ

0

प्रस, पर्सागढी, २४ साउन/
पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्। केही दिनदेखि लगातार ज्वरो, खोकी आएपछि शुक्रवार साँझ तराई अस्पतालमा नगरप्रमुख यादव भर्ना भएका छन्।
उनको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी छ। नगरप्रमुख यादवले सामाजिक सञ्जालमार्फत् आफू अस्पतालमा उपचार गराइरहेको र स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन्। अस्पतालबाट उनले हाल कोरोनासम्बन्धी चिकित्सकीय राय सुझाव र निर्देशन सबैलाई पालना गर्न अनुरोध गरेका छन्।
त्यसैगरी, निषेधाज्ञा जारी भएको अवस्थामा सोको पूर्ण पालना गर्न र कोरोना सङ्क्रमणविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेका छन्। उनले आफू स्वस्थ भएर पुनः सक्रियताका साथ काममा फर्कने प्रतिबद्धता जाहेर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here