कुनै पनि अस्पतालले उपचार नगरेपछि युवतीको मृत्यु
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/doctorss.jpg)
प्रस, वीरगंज, २४ साउन/उपचार नपाएर शनिवार बिहान एकजना युवतीको मृत्यु भएको छ। वीरगंज–२ छपकैया निवासी २० वर्षीया युवतीको उपचार अभावमा मृत्यु भएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले बताए।उनले दुई–तीन दिनदेखि ज्वरो आएर अस्वस्थ भएकी युवतीको उपचारको लागि राति १० बजे परिवारजनले एडभान्स मेडिकेयरमा लगेको र त्यहाँ पिसिआर रिपोर्ट नभएको कारण उपचार नगरी पठाइएको […]
मापदण्ड पूरा गरी पसल, व्यवसाय, बैंक सञ्चालन गर्न प्रशासनको निर्णय
प्रस, वीरगंज, २४ साउन/कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समिति, पर्साको शुक्रवार बसेको बैठकले निषेधाज्ञा जारी रहेको अवस्थामा बन्द भएका अत्यावश्यक सेवाबाहेकका उद्योग, व्यवसाय, पसल सञ्चालनमा ल्याउने निर्णय गरेको छ।प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको समितिको बैठकले सातवटा निर्णय गरेकोमा निर्णय नं. ६ मा साउन १० गतेदेखि सदरमुकाम वीरगंज र साउन १९ गतेदेखि जिल्लाभरि अत्यावश्यकबाहेकका सेवाहरू […]
होम आइसोलेशनमा बसेकाहरू राम भरोसे
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/home.jpg)
प्रस, वीरगंज, २४ साउन/वीरगंज महानगरपालिका र पर्सा जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। सङ्क्रमितहरू बढेसँगै उनीहरूलाई आइसोलेशनमा राख्ने र आइसोलेशनबाहिर घरमा आइसोलेट भएकाहरूलाई स्वास्थ्य मापदण्ड पूरा गरी बस्ने वातावरण तयार भएको छैन।कोरोना अस्थायी अस्पतालको रूपमा गण्डक र वीरगंज हेल्थकेयर अहिले सञ्चालनमा छन्। नारायणी अस्पताललाई पनि कोभिड अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले गरेको पत्राचार कार्यान्वयन […]
चिकित्सकसहित आठजना निको भए
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/doctor.jpg)
प्रस, परवानीपुर, २४ साउन/नारायणी कोभिड अस्थायी गण्डक अस्पतालबाट शुक्रवार राति आठजना सङ्क्रमित निको भएर घर फर्केका छन्। पर्सा र बाराका आठजना सङ्क्रमित घर फर्केको अस्पतालले जनाएको छ।घर फर्किनेहरूमा दुईजना चिकित्सक छन्। ४५ वर्षीय डा आरके (रामकिशोर) सिंह र ४० वर्षीय डा दिलीप चौरसिया कोरोनामुक्त भएका हुन्।यसैगरी कोरोनामुक्त हुनेहरू बाराको जीतपुरका ३५ वर्षीया प्रतिमा देवी, २० […]
बहुदरमाई नपाका प्रमुखसहित ५५ जना सङ्क्रमित थपिए
प्रस, वीरगंज, २४ साउन/नारायणी प्रयोगशालामा शनिवार ५५ जना सङ्क्रमित पुष्टि भएका छन्।कोरोना सङ्क्रमण पुष्टि हुनेमा बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह, वडाध्यक्षलगायत छन। कन्ट्याक्ट टे«सिङबाट नगरप्रमुख साह, वडाध्यक्षलगायतलाई सङ्क्रमण भएको प्रयोगशालाले जनाएको छ।यसैगरी, आज सङ्क्रमित हुने बहुदरमाई नपाकै अधिकांश छन् भने निजी खर्चमा पिसिआर परीक्षण गराएका सातजनामा पनि सङ्क्रमण पुष्टि भएको छ। नारायणी प्रयोगशालाका एकजना स्वास्थ्यकर्मीमा […]
प्रशासन गैरजिम्मेवार भएको आरोप
प्रस, वीरगंज, २४ साउन/विभिन्न राजनीतिक दलका युवाहरूको बैठकले जिल्ला प्रशासन कार्यालयको गैरजिम्मेवारीपनको कारण वीरगंजमा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको आरोप लगाएको छ।बैठकमा युवाहरूले जिप्रकाको निकम्मापनको कारण समुदायस्तरमा कोरोना फैलिएको र यसको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीले लिनुपर्ने बताएका छन्। बैठकले उपचार नपाएर बिरामीहरूको मृत्यु हुनु, निषेधाज्ञा जारी गरेर पिसिआर परीक्षण नगर्नु, सीमाबाट निर्बाधरूपमा मानिसहरूको आवतजावतमा रोक […]
बीसजना कोरोना सङ्क्रमितको मृत्यु
प्रस, परवानीपुर, २४ साउन/कोरोना सङ्क्रमणबाट नारायणी कोभिड अस्थायी अस्पताल गण्डक, वीरगंज हेल्थकेयर र नेशनल मेडिकल कलेज गरी तीनवटा अस्पतालमा चैतदेखि अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ।कोभिड अस्पताल हुनुअघि वीरगंज हेल्थकेयर र नेशनल मेडिकल कलेजमा २/२ जना सङ्क्रमितको मृत्यु भएको थियो। गण्डक कोभिड अस्पतालमा साउन महीना मात्र १६ जनाको मृत्यु भएको छ। अहिलेसम्म पर्सा जिल्लामा ९४५ […]
गाँजासहित दुईजना पक्राउ
प्रस, रौतहट, २४ साउन/९ किलो गाँजासहित दुईजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।रौतहट, चन्द्रपुर नपा–५ बाट बा.६४प ७३८१ नं.को मोटरसाइकलमा ९ किलो ३ सय ग्राम गाँजा लिएर गइरहेका चन्द्रपुर नपा–१ बस्ने उमेश रानामगरलाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका मगरले सो गाँजा चन्द्रपुर नपा–१० परडिया टोल बस्ने किशोरी पडित कुम्हारलाई बिक्री गर्न लगेको बयान दिएपछि किशोरीलाई पनि […]
१९ क्युफिट काठसहित एकजना पक्राउ
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/lakadi.jpg)
प्रस, पर्सागढी, २४ साउन/सुरक्षाकर्मी र वनकर्मीहरूको संयुक्त छापामारीबाट पर्सागढी नगरपालिकाको झबराहा टोलबाट १९ क्युफिट सालको चिर्पट र गोलिया काठ बरामद भएको छ।पर्सागढी नपा–३ झबराहामा शनिवार बिहान सबडिभिजन वन कार्यालय सबैया, सशस्त्र प्रहरी बेस क्याम्प सोलखपुर र प्रहरी चौकी बिरुवागुठीको संयुक्त टोलीले स्थानीय केदार कार्कीको घरमा छापामारी गर्दा त्यहाँबाट १९ क्युफिट सालको चिर्पट, गोलिया बरामद भएको […]
ठोरी गापाको क्वारेन्टाइन खाली हुँदै
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/thori.jpg)
प्रस, ठोरी, २४ साउन/ठोरी गाउँपालिकाका क्वारेन्टाइनमा बसेकाहरूको पिसिआर परीक्षण नेगेटिभ आएसँगै क्वारेन्टाइन खाली हुँदैछन्।पछिल्लोपटक २१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि दुईवटा क्वारेन्टाइन खाली भएका छन्। यसअघि ६ वटा क्वारेन्टाइनमध्ये तीनवटा क्वारेन्टाइन खाली थिए। गापाले क्वारेन्टाइन खाली गर्ने यसअघि निर्णय गरे पनि क्वारेन्टाइनमा बसेकाहरूको स्वाब सङ्कलन गरिए पनि रिपोर्ट नआएको कारण क्वारेन्टाइन खाली हुन सकेको थिएन। […]