प्रस, परवानीपुर, २४ साउन/
कोरोना सङ्क्रमणबाट नारायणी कोभिड अस्थायी अस्पताल गण्डक, वीरगंज हेल्थकेयर र नेशनल मेडिकल कलेज गरी तीनवटा अस्पतालमा चैतदेखि अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ।
कोभिड अस्पताल हुनुअघि वीरगंज हेल्थकेयर र नेशनल मेडिकल कलेजमा २/२ जना सङ्क्रमितको मृत्यु भएको थियो। गण्डक कोभिड अस्पतालमा साउन महीना मात्र १६ जनाको मृत्यु भएको छ। अहिलेसम्म पर्सा जिल्लामा ९४५ जना सङ्क्रमित पुष्टि भएका छन् भने ७३५ जना सङ्क्रमणसँग जुधिरहेका छन्। गण्डक कोभिड अस्पतालमा ३६ जना पुरुष, १३ जना महिला गरी ४९ जना र आकस्मिक कक्षमा ७ जना शङ्कास्पद सङ्क्रमित छन् भने ५ जना सङ्क्रमितको आइसियूमा उपचार भइरहेको छ। वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा ६७ जना पुरुष र ११ जना महिला गरी ७८ जना उपचाररत छन्। यस अस्पतालको आइसियूमा १६ जना सङ्क्रमित छन्।
पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा १४८ जना र होम क्वारेन्टाइनमा ३०६ जना छन्। साउनयता थपिएका ६० प्रतिशत सङ्क्रमितमा कोरोना लक्षण देखिएको छ। ज्वरो आउने, सुक्खा खोकी, रुघा, श्वासप्रश्वासमा समस्या, बान्ता हुने, टाउको दुख्नेलगायतका समस्याहरू सङ्क्रमितहरूमा देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here