ठोरी गापाको क्वारेन्टाइन खाली हुँदै

0

प्रस, ठोरी, २४ साउन/
ठोरी गाउँपालिकाका क्वारेन्टाइनमा बसेकाहरूको पिसिआर परीक्षण नेगेटिभ आएसँगै क्वारेन्टाइन खाली हुँदैछन्।
पछिल्लोपटक २१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि दुईवटा क्वारेन्टाइन खाली भएका छन्। यसअघि ६ वटा क्वारेन्टाइनमध्ये तीनवटा क्वारेन्टाइन खाली थिए। गापाले क्वारेन्टाइन खाली गर्ने यसअघि निर्णय गरे पनि क्वारेन्टाइनमा बसेकाहरूको स्वाब सङ्कलन गरिए पनि रिपोर्ट नआएको कारण क्वारेन्टाइन खाली हुन सकेको थिएन। गत सोमवार सरस्वती मावि र गृष्म आधारभूत विद्यालय रामनगरमा रहेका २१ जनाको स्वाब नमूना सङ्कलन गरिएकोमा नारायणी अस्पतालको प्रयोगशालाबाट उनीहरूको रिपोर्ट नेगेटिभ आएको गापा स्वास्थ्य संयोजक रमेशराज थिङले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here