निषेधाज्ञाको दोस्रो दिन जिल्लाका बजार सुनसान
प्रस, रौतहट, २५ साउन/रौतहटमा जारी निषेधाज्ञाको दोस्रो दिन जिल्लाका सडकमा सवारीसाधन तथा आवतजावत शून्य देखिएको छ । बाहिरबाट आवागमन हुन सकेको छैन भने जिल्लाभित्र पनि कडाइ गरिएको छ।रौतहटमा निषेधाज्ञा उल्लङ्घन गर्ने १५० जनालाई पक्राउ गरिएको छ भने १४४ वटा मोटरसाइकल, १९ वटा ट्रक, ७ वटा पिकअप भ्यान तथा ५ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा […]
धान बालीमा गान्ही कीरा र ब्लास्ट रोगको प्रकोप
प्रस, सेढवा, २५ साउन/ पर्सा जिल्लामा रोपिएको भदैया धानमा अमेरिकी फौजी (गान्ही) कीराको प्रकोप देखिएको छ। ११० दिनमा तयार हुने सोना सारो र भदैया मन्सुली धानमा बाला निस्किने बेलामा गFन्ही कीरा लागेर बालालाई क्षति पु–याएको किसानहरूले बताएका छन्। धानको गाभा सुक्ने रोगले अहिले थरुहट क्षेत्रका किसानहरू समस्याग्रस्त भएका छन्। गान्ही कीराले बाला लाग्ने बेलामा धानको […]
पिसिआर परीक्षणको लागि कुर्दै
मलेसियाबाट पर्सा जिल्ला घर फर्केका ९ जना व्यक्ति त्रिजुद्ध माविअगाडि पिसिआर परीक्षणको लागि कुर्दै। काठमाडौंमा शनिवार उत्रेका उनीहरू त्यहाँबाट ट्याक्सीमा वीरगंज पठाइएको थियो। वीरगंजमा पिसिआर परीक्ष्Fण समयमा नहुँदा पीडित भएको उनीहरूले बताए। मलेसियामा खाना खाएका उनीहरूले अहिलेसम्म खाना खान नपाएको दुःखेसो पोखेका छन्। तस्वीरः प्रतीक
सुखचैना पोखरीको ठेक्का साढे १५ लाखमा लाग्यो
प्रस, परवानीपुर, २५ साउन/वीरगंज महानगर–२१ सुखचैनामा रहेको गीता–गजेन्द्रराज जोशी माध्यमिक विद्यालयको पोखरी आगामी पाँच वर्षको लागि १५ लाख ५६ हजार रुपैयाँमा ठेक्का सकार भएको छ।सामाजिक दूरी कायम गरी विद्यालय परिसरमा पोखरीको ठेक्का डाँक बडाबडमा ठेकेदार सञ्जय साहले सकार गरेका छन्।डाँक बडाबडमा दोस्रो श्यामसुन्दर प्रसादले १४ लाख ५ हजार र तेस्रोमा कपिलदेव साहले १४ लाख रुपैयाँको […]
कर्मचारीमा सङ्क्रमण पुष्टिपछि बैंक र राजस्व कार्यालय बन्द
प्रस, सिरहा, २५ साउन/सिरहाको लहान नगरपालिकास्थित ग्लोबल आइएमई बैंक शनिवार साँझदेखि सिल भएको छ। बैंकका एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरिएको हो।महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिवार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत सबै कर्मचारी क्वारेन्टाइनमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख […]
प्रक्रिया नपु–याइ चेक काट्ने हाकिम अख्तियारको फन्दामा
प्रस, जनकपुरधाम, २५ साउन/आवश्यक प्रक्रिया नपु–याइ चेक काटेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख एवं उपप्रबन्धक रितेश गुप्ता पक्राउ परेका छन्।गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाले नियन्त्रणमा लिएको हो। भुक्तानीका लागि आवश्यक कागजातहरू स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन चेक काटेको र उक्त चेकहरू लिएर काठमाडौंतर्फ जाँदै […]
जनकपुरमा निषेधाज्ञा थप
प्रस, जनकपुरधाम, साउन २५/यही सोमवार राति १२ बजेसम्मका लागि जनकपुरधाममा लगाइएको निषेधाज्ञाको अवधि थप गरेर साउन महीनाभरि रहने निर्णय भएको छ।आइतवार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको समय साउन ३२ गतेसम्मलाई बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्। जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर बजारसम्मको क्षेत्रमा निषेधाज्ञा जारी रहेको भन्दै प्रजिअ भट्टराइले […]
अमानवीयताको पराकाष्ठा
रोगमा, शोकमा, भोकमा मानवीय भावना उच्चतम अवस्थामा विद्यमान हुन्छ। यो शास्त्रोक्त वचन हो। तर आज हाम्रो समुदाय यस उच्चतम भावनाबाट च्युत भएको छ। आज कोभिड रोगको प्रकोपले विश्व आक्रान्त छ। सर्वत्र, के सरकार, के नागरिक सदाशयतापूर्ण देखिएको छ। तर हाम्रो समाजमा सरकार कुर्सीको खेलको अन्धो मानिस बनेको छ भने नागरिक समाज भावनाशून्य बनेको छ। […]
भ्रष्टाचारविरुद्धको शिक्षा आजको आवश्यकता
– अनन्तकुमार लाल दास“जब–जब टेलिभिजन खोल्छौं–भ्रष्टाचारकै खबर सुन्छौं/प्रमुख समाचारहरूमा/नेताहरूको कमाल पाउँछौं।” समाज राष्ट्रिय विकासको आधारशिला हो। मानिसहरू समाजमा बसेर जीवनयापन गर्दै अनेकथरी क्रियाकलाप गरेर निजी र राष्ट्रिय विकास गर्दछन्। जुन समाजका मानिसहरूको प्रवृत्ति राम्रो हुन्छ, त्यो समाज सभ्य कहलिन्छ र जहाँ दुष्प्रवृत्ति हुन्छ, त्यो समाज पतनतिर उन्मुख हुन्छ। आज कोरोना महामारीको यस घडीमा सङ्घदेखि स्थानीय […]
वीरगंजको कथा–व्यथा
– डा. शेषरमण न्यौपानेवीरगंज यतिखेर फेरि तनावमा छ। विगतमा हुने तनाव प्रायः राजनीतिक हुन्थे तर यसपालि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको सङ्ख्या दिनानुदिन बढ्दै जानु हो। लकडाउन लागू हुनुभन्दा दुई दिन पहिले चैत ९ गते एकजना व्यापारीमा सङ्क्रमण देखिएको आशङ्काले शुरू भएको तनाव बीचमा शान्त भएको थियो। परीक्षणको गति एकाएक घटाइयो। अहिले […]