चिकित्सकको आन्दोलनप्रति वैश्य महासङ्घको ऐक्यबद्धता
प्रस, वीरगंज, २० माघ/ नारायणी अस्पतालको पुनर्निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूको आन्दोलनप्रति राष्ट्रिय वैश्य महासङ्घ नेपाल, पर्साले ऐक्यबद्धता जनाएको छ। आइतवार महासङ्घ, पर्साका अध्यक्ष डा सन्तोषकुमार साहको अगुवाइमा गीतामन्दिरबाट निस्किएको समर्थन –याली नारायणी अस्पतालमा पुगेर डा नीरज सिंहलाई ऐक्यबद्धतापत्र बुझाएको थियो। नारायणी अस्पताल जीर्ण भएकोले यथाशीघ्र अस्पताल भवन निर्माण गरी तराई–मधेसका जनतालाई उचित उपचार […]
सालको रूख कटानी एकजना पक्राउ
प्रस, पंचगावाँ, २१ माघ/ पर्साको सबडिभिजन वन कार्यालय, बडनिहारले गस्ती गर्ने क्रममा राष्ट्रिय वन क्षेत्र (कोर एरिया)मा अवैधरूपमा सालको काँचो रूख फँडानी गर्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–८ निवासी २८ वर्षीय तेजा माझी मुसहर रहेका छन्। उनी सालको रूख कटानी गरी गोलिया बनाइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको हो। सबडिभिजन वन […]
नदीजन्य पदार्थको अवैध उत्खनन
पर्सा र बाराका खोलाहरूबाट नदीजन्य पदार्थको उत्खननमा समस्या देखिंदै आएको छ। स्थानीय पालिकाहरूले आआफ्नो क्षेत्रमा पर्ने खोलाहरूको वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेर सो अनुसार नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का लगाउनुपर्ने हुन्छ। यो पालिकाको आन्तरिक आम्दानीको स्रोत पनि हो। यसबाट केही अंश प्रदेश सरकारमा जान्छ। पर्सा र बारा जिल्लामा रहेका खोलाहरूको समयमा ठेक्का नलाग्दा नदीखोलाको उत्खनन […]
एसइई परीक्षापूर्वको तयारी
अनन्तकुमार लाल दास उड्नुपूर्व निहुरिने बेला ज्ञान हाम्रो बढी नजीक हुन्छ भन्ने विलियम वड्र्सवर्थको भनाइ यतिखेर एसइईका तयारीमा जुटेका विद्यार्थीहरूमाथि लागू हुन्छ। विद्यार्थीहरूका लागि परीक्षा कोठा एउटा रणभूमिजस्तै हुन्छ जहाँ विद्यार्थीहरू आफ्नो पूर्ण तयारीका साथ ओर्लन्छन्। परीक्षा कोठामा प्रवेश गर्नुपूर्व विद्यार्थीहरू आआफ्नो हतियार अर्थात् विषयगत पाठ्यक्रमको पूर्ण तयारी क्षमता र समयानुसार गर्दै मानसिक दृढतामा ध्यान […]
२०८१ माघ २१ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्
दुघर्टनामा पाँचजना नेपाली तीर्थयात्रीको मृत्यु
नितेश कर्ण, वीरगंज, १९ माघ/ भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ मेलाबाट फर्किंदै गरेको जीप बिहारको मुजफ्फरपुरमा शनिवार दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको छ। मृतक सबै एकै परिवारको रहेको बताइएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। प्रयागराजबाट फकिंदै गरेको स्कार्पियो जीप शनिवार दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिरनजीक दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी मन्तरणा देवी, बालकृष्ण झा, अर्चना […]
चिरान काठसहित जीप पक्राउ
प्रस, निजगढ, १९ माघ/ बाराको बारागढीस्थित हेगौलियाबाट सालको चिरान काठसहित शनिवार बिहान ११ बजे जीप पक्राउ परेको छ। सालको चिरान काठ तस्करी भइरहेको सूचना डिभिजन वन कार्यालय, सिमराले प्रFप्त गरेपछि सबडिभिजन वन कार्यालय, कोल्हवीको सशस्त्र वनरक्षकसहितको टोलीले नेपाल प्रहरीसँग समन्वय गर्दै सो जीप पछ्याउने क्रममा बारागढीस्थित नेपाल प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुुझाएको डिवका, बाराले […]
स्वास्थ्यकर्मीहरूलाई क्यान्सरबारे अभिमुखीकरण
प्रस, सिम्रौनगढ, १९ माघ/ महिलाहरूमा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरबारे स्वास्थ्यकर्मीहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम शनिवार बाराको सिम्रौनगढ नगरपालिकाको सभाकक्षमा शनिवार सम्पन्न भएको छ। सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य संयोजक विजय ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा महिलाहरूमा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरका बारेमा जानकारी गराउँदै क्यान्सर हुने कारण, लक्षण र उपचारका सम्बन्धमा सहभागीहरूमा जानकारी गराइएको थियो। […]
चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपाल कोशी प्रदेश समिति गठन
प्रस, निजगढ, १९ माघ/ चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको कोशी प्रदेशस्तरीय सात सदस्यीय समिति गठन भएको छ। सो समितिको संयोजक जयनारायण यादव र सदस्यहरूमा शम्भु अधिकारी, रवीन्द्रबहादुर अधिकारी, रामप्रसाद परियार, शान्तवीर लामा, धर्तीकुमार विश्वास, सीता तामाङ रहेका छन्। चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको केन्द्रीय समितिको अध्यक्षमा गत आइतवार काठमाडौंमा सम्पन्न भेलाले सुनील यादवलाई […]
जिएचपी माविको ३१औं वार्षिकोत्सव सम्पन्न
प्रस, परवानीपुर, १९ माघ/ जिएचपी माध्यमिक विद्यालयले ३१औं वार्षिकोत्सव कार्यक्रम आयोजना गरी मनाएको छ। विद्यालयकी प्रधानाध्यापक रोमिन्दर कौरको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी, प्रसौनी गापाका अध्यक्ष विनोदप्रसाद जैसवाल, सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादव, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, […]