मोदीलाई ह्वाइट हाउस आउने निम्ता
वाशिङ्टन, २२ माघ/एएनआई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रण आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड […]
महानगरमा सरस्वतीपूजाको नाममा हुने विकृति घट्दो पर्सा जिल्लाका अन्य पालिकाहरूमा भने यथावत्
प्रस, वीरगंज, २१ माघ/ वसन्तपञ्चमी (सरस्वतीपूजा) वीरगंज महानगर र पर्सा जिल्लाका १४ वटै पालिकामा धूमधामका साथ मनाइएको छ । सोमवार बिहानदेखि पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अनिवार्यरूपमा सरस्वतीपूजा गरिएको थियो । सरस्वती माताको मूर्ति भएका विद्यालयहरूमा मूर्तिको पूजा गरेर तथा मूर्ति नभएका विद्यालयहरूमा तस्वीर तथा माटोले बनाइएको सरस्वतीमाताको प्रतिमाको पूजाआजा गरी सांस्कृतिक कार्यक्रम गरेर मनाइयो […]
वसन्तपञ्चमी मनाउदै होली प्रारम्भ
रामेश्वर मेहता, सिम्रौनगढ, २१ माघ/ सिम्रौनगढ नगरपालिकामा सोमवार वसन्तपञ्चमीको दिन सरस्वतीपूजा धूमधामका साथै पारम्परिक रीतिरिवाजका साथ मनाइएको छ । वसन्तपञ्चमीको दिन आज बिहानैदेखि घर, आ“गन लिपपोत गरी सरसफाइ गरिएको थियो । यहा“का मानिसहरूले धार्मिक परम्परा अनुसार घरका देवीदेवताहरूको पूजाआजा गर्दै होली प्रारम्भ भएको सड्ढेत गरेका थिए । उनीहरूले देवीदेवतालाई अबिर चढाएर होली प्रारम्भ भएको सूचना […]
न्यायाधीशको राजीनामा माग गर्दै रौतहटमा प्रदर्शन
प्रस, रौतहट, २१ माघ/ जिल्ला अदालत रौतहटका न्यायाधीश मनोज केसीविरुद्ध सोमवार यमुनामाई गाउ“पालिकावासीले अदालतको मूलद्वारमा प्रदर्शन गरेका छन् । कर्तव्य ज्यान मुद्दामा वादी राजनकुमार गुप्ताको जाहेरीमा नेपाल सरकारले छजनाविरुद्ध मुद्दा दर्ता गरी कारबाई प्रक्रियामा रहेकोमा हिजो आइतवार अभियोग दाबी नपुगेको भनी न्यायाधीश केसीको इजलासबाट आदेश भएको विरोधमा आज स्थानीयले न्यायाधीश केसीविरुद्ध नाराबाजी गर्दै उनको राजीनामा […]
तीनवटा घरेलु मदिराभट्टी नष्ट
प्रस, वीरगंज, २१ माघ/ पञ्चवर्षीय गढीमाई मेला सम्पन्न भएको महागढीमाई नगरपालिकाका दुईवटा वडाका तीनवटा स्थलमा सञ्चालित घरेलु मदिराभट्टीलाई बारा प्रहरी नष्ट गरेको छ । जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले महागढीमाई नपा–३ र १० का तीन स्थानमा प्रहरी चौकी गंजभवानीपुरको टोलीले सोमवार बिहान साढै नौ बजेदेखि छापा मारी अवैध मदिराभट्टी नष्ट गरेको […]
अफिमसहित एकजना पक्राउ, बेवारिसे अवस्थामा गाजा बरामद
प्रस, वीरगंज, २१ माघ/ लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, सिमरा, बाराको संयुक्त प्रहरी टोलीले हिजो आइतवार साँझ जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकबाट अफिमसहित एकजनालाई पक्राउ गरेको थियो । वीरगंज–पथलैया सडकखण्डको पश्चिमतर्फको फूटपाथ सडकमा मकवानपुर कैलाश गापा–२ वैकुण्ठ बस्ने ४५ वर्षीय भीमलाल मोक्तानबाट ३.४४ किलो अफिम फेला परेको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी […]
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल्सको छैटौं संस्करण सम्पन्न
प्रस, वीरगंज, २१ माघ/ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल्सको छैटौं संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघु चलचित्र पाउलोको प्रदर्शनसँगै शुरू भएको तीन दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रहरूलाई अवार्ड वितरणसँगै समापन भएको छ । राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनाको बुलाकी र अन्तर्राष्ट्रियतर्फ भारतको चलचित्र […]
हेरोइनसहित एकजना पक्राउ
प्रस, रौतहट, २१ माघ/ लागूऔषध खैरो हेरोइनसहित चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले एकजनालाई पक्राउ गरेको छ । स्थानीय सागर श्रेष्ठबाट १.५ ग्राम खैरो हेरोइन फेला परेपछि निजलाई पक्राउ गरेर लागूऔषध मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको रौतहट प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।
नेपालबाट मस्तिष्क र श्रम पलायनः एक ठूलो सामाजिक समस्या
• राजेन्द्रप्रसाद कोइराला नेपालजस्तो विकासशील देशबाट मस्तिष्क (ब्रेन ड्रेन) र श्रम (लेबर ड्रेन) पलायन हुनु एउटा गम्भीर समस्या बनेको छ । हरेक वर्ष हजारौं युवा विदेश पलायन भइरहेका छन्, उच्च शिक्षाका लागि होस् वा रोजगारको खोजीमा । यसले नेपालको आर्थिक, सामाजिक, र बौद्धिक क्षमतामा ठूलो असर पारिरहेको छ । १. रोजगारको अवसरको अभाव नेपालमा शिक्षित […]