सर्लाहीका ६५ जना मिटरब्याजी फरार सूचीमा

नितेश कर्ण, वीरगंज, १४ भदौ/ सर्लाही जिल्लामा अनुचित लेनदेन मिटरब्याजसम्बन्धी उजूरीका ६५ जना फरार सूचीमा रहेका छन् । सर्लाहीमा १७ पालिका छन् र ती सबै पालिकाबाट मिटरब्याज सम्बन्धमा २८६ वटा उजूरी जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा दर्ता भएका छन् । जसमध्ये १६७ वटा उजूरी छलफलबाट फछ्र्योट भएको र ६५ वटामा भने सम्बन्धित व्यक्ति छलफलका लागि सम्पर्कमा […]

ग्याँस र पेट्रोलको मूल्यवृद्धि

प्रस, वीरगंज, १४ भदौ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसमा मूल्यवृद्धि गरेको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल रू ४ र मटीतेल तथा डिजेलमा प्रतिलिटर रू ३ ले वृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर रू २३५ बढाएको छ । नयाँ दररेट अनुसार अब पेट्रोल प्रतिलिटर रू […]

भारतलाई सुरक्षा परिषद्बाट बाहिर राख्दा राष्ट्रसङ्घको विश्वसनीयतामा प्रश्न उठ्छ

नयाँदिल्ली, १४ भदौ/एएनआई भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् । दिल्ली विश्वविद्यालयमा आज आयोजित एक कार्यक्रममा विदेशमन्त्री जयशङ्करले दोस्रो विश्वयुद्धको समयमा गठन भएको विश्व संस्थामा त्यति बेला ५० राष्ट्र मात्र सदस्य रहेका तर अहिले १९३ देश सदस्य रहेकाले परिवर्तित समयअनुरूप राष्ट्रसङ्घको […]

उत्पादनमुखी अर्थतन्त्रमा जोड देऊ

शीतल महतो अहिले मुलुकमा औद्योगिक वातावरण खस्कँदो छ । रोजगार सिर्जना, लगानी आकर्षण र पूँजी सिर्जना गर्ने औद्योगिक क्षेत्रको योगदान अर्थतन्त्रमा औसतमा पाँच प्रतिशतमा सीमित रहेको छ । औद्योगिक क्षेत्र खुम्चिंदा उद्योग व्यवसायमा सङ्कट आउने र यसले रोजगारसमेत गुम्न सक्ने तथा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन थालेको छ । बढ्दो बेरोजगारका कारण उपभोक्ताको खर्च […]

के ब्रिक्स साझा बजार हुन सक्छ ?

विश्वराज अधिकारी ब्रिक्स अहिले निकै चर्चामा छ । अति चर्चामा रहनुको मुख्य कारण भने आर्थिक भन्दा राजनीतिक रहेको छ । हुनत यसको स्थापना आर्थिक उद्देश्यले भएको थियो र आर्थिक उद्देश्य थियो यसका सदस्य राष्टबीच व्यापार विस्तार गर्ने । व्यापार बाधाहरू फुकाउँदै सदस्य राष्ट्रहरूबीच हुने व्यापार सरल बनाउने, लाभदायी पार्ने । तर ब्रिक्सको प्रकृति, स्वरूप एवं […]

ब्रिक्सलाई जी–७ को विकल्प बनाउने प्रयास

श्रीमन्नारायण विश्वकै उदीयमान अर्थतन्त्रहरू ब्रजील, चीन, भारत, रूस र दक्षिण अफ्रिका सम्मिललित सङ्गठन “ब्रिक्स” मा थप छ मुलुक सहभागी भएका छन् । दक्षिण अफ्रिकाको राजधानी जोहानेसबर्गको शिखर सम्मेलनमा थपिएका नयाँ सदस्य राष्ट्रहरूमा इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इथियोपिया र अर्जेन्टिना रहेका छन् । १७ वर्षअघि स्थापना भएको ब्रिक्सको यसपटकको शिखर सम्मेलनमा सङ्गठन विस्तारको विषयले […]

पशुपालक किसान समस्यामा

नेपालका पशुपालन कृषकहरू लम्पी स्किन रोगको महामारीबाट पीडित छन् । लम्पी स्किन गाई र भैंसीमा लाग्ने भाइरल रोग हो । छालामा मसिना फोकाहरू देखिने यस भाइरस अन्तर्राष्ट्रियस्तरमा नै फैलिएको हो । यस रोगले दूध उत्पादनमा कमी, छालामा क्षति, वस्तु व्यापारमा प्रतिबन्ध, गर्भपतन, बाँझोपन, उपचार, चौपायाको मृत्युलगायतका कारणले पशुपालन क्षेत्रमा ठूलो आर्थिक क्षति पुर्याएको छ । […]

वीरगंज नाकाबाट सबैखाले इन्धनको आयात घट्दै

प्रस, वीरगंज, ११ भदौ/ इन्धन आयात हुने मुलुककै प्रमुख नाका वीरगंजबाट गत आर्थिक वर्षमा सबैखाले इन्धनको आयात घटेको छ । डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँस तथा कोइलालगायतका इन्धनहरूको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको तथ्याङ्कले देखाएको छ । वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा यो नाका हुँदै ३७ प्रकारका इन्धन आयात भएका […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।