वीरगंज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान स्थापना गरेर, लगत्तै यसका लागि आवश्यक भवन निर्माणको क्रममा जग्गा प्रदान गरी शिलान्याससमेत सम्पन्न गरेको छ। भोजपुरी भाषाको वर्चस्व रहेको यस क्ष्Fेत्रमा भोजपुरी मातृभाषीलाई यस कदमले गौरवान्वित बनाएको छ भने भाषाको उन्नयनका लागि सामल जोडिदिएको छ। कुनै पनि व्यक्तिको विकासमा मातृभाषाको योगदानलाई आज विज्ञानले पनि मान्यता दिएको छ। शिक्षाको पहिलो चरण कुनै विशाल संरचनाको जग हो। जग जति बलियो भयो, संरचना त्यति नै विशाल बनाउन सकिने र दिगो पनि हुन्छ। मातृभाषामा प्रदान गरिने प्रारम्भिक शिक्षा बालकको मन–मस्तिष्कमा अङ्कित भएर बस्छ। उच्चस्तरको शिक्षाको लागि यसै प्रारम्भिकस्तरको बुझाइले सघाउ पु–याउँछ। मातृभाषामा अभिव्यक्ति पनि सरल, सहज र स्वाभाविक हुन्छ। यसर्थ मातृभाषाको जति बढी उन्नति भयो, त्यस समाजको, त्यसको साहित्यको र संस्कृतिको पनि त्यति नै उन्नति हुन्छ र दिग्दिगन्तसम्म त्यसले प्रभाव पार्छ। महानगरपालिकाले भोजपुरी भाषाको उन्नयनका लागि गर्न लागेको यस प्रयासले भोजपुरी भाषा, साहित्य, संस्कृतिलाई निश्चय नै गुन लगाउने छ।
भोजपुरी भाषामा साहित्यको निकै कमी छ। नेपालमा अहिले भर्खरदेखि यसमा काम थालिएको भन्न सकिन्छ। भाषा जति पुरानो छ, यसको साहित्य त्यतिकै नवीन छ, खासगरी नेपालको भोजपुरी क्ष्Fेत्रमा। भारतलगायत विभिन्न मुलुकमा जहाँ भोजपुरीभाषीहरू छन्, त्यहाँको भोजपुरी साहित्यले स्थानीयताभन्दा माथि बढेर प्रादेशिक र एक समय त झन्डैझन्डै अन्तर्राष्ट्रियतालाई नै छुन खोजेको थियो। त्यसैको असर थियो अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले आफ्नो देशको सरकारी कार्यालयमा जागिर खान लिइने परीक्षामा भोजपुरी भाषालाई मान्यता दिएका थिए। मारिससका अभिमन्यु अनतले एकताका साँच्चीकै भोजपुरी भाषालाई साहित्यको माध्यमले अन्तर्राष्ट्रियस्तरसम्म पु–याएका थिए। आजको अवस्था के छ, त्यो थाहा नभए पनि यस क्ष्Fेत्रमा निकै काम भने भइरहेको छ। कुरा के मात्र हो भने कुनै पनि भाषाको उत्थानका लागि सर्वप्रथम त्यो भाषा बोल्ने, जसको त्यो मातृभाषा हो, उसले नै अघि सर्नुपर्छ। द्वितीयतः त्यो भाषा बोल्ने अन्य मातृभाषीले पनि होस्टेमा हैंसे गर्नुपर्छ। यही समन्वयको मर्म हो र यसैबाट सबैको प्रयासले सबैको उन्नतिको सोपान प्रारम्भ हुन्छ।
शुरूआत भएको छ। महानगरजस्तो सक्ष्Fम संस्थाले शुरूआत गरेको छ। प्रदेश सरकारले पनि त्यसमा अभिरूचि देखाएको छ। भोजपुरीका स्वनामधन्य व्यक्तिहरू यस प्रतिष्ठानमा संलग्न छन्। दायित्व अब तिनको काँधमा आएको छ। संस्कृतिमा निकै धनी मानिएको भोजपुरी क्ष्Fेत्रमा भाषाबारे विभिन्न विवाद देखिएका छन्। यस भाषामा अश्लिलता बढी छ, भाषा ठाडो छ। यो भाषा स्वयंको दोष होइन, त्यो भाषा बोल्ने मानिसको मनोविज्ञानले गर्दा भएको हो। त्यस मनोविज्ञानमा बदलाव आवश्यक छ। डिजेमा गाइने गीतले भोजपुरीको प्रतिनिधित्व गर्दैन, त्यसले विकृतिको प्रतिनिधित्व गर्दछ। अब परिषद्ले भाषा–आचार–संहिता बनाएर भोजपुरीमाथि लागेको यस्ता आरोप पन्छाउन अग्रसर हुनुपर्छ। संस्कृतिलाई जोगाउँदै साहित्य प्रवद्र्धनमा लाग्नुपर्छ। अनि मात्र जनताको धनको सदुपयोग भएको मानिने छ।