प्रस, वीरगंज, २१ माघ/
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, सिमरा, बाराको संयुक्त प्रहरी टोलीले हिजो आइतवार साँझ जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकबाट अफिमसहित एकजनालाई पक्राउ गरेको थियो ।

वीरगंज–पथलैया सडकखण्डको पश्चिमतर्फको फूटपाथ सडकमा मकवानपुर कैलाश गापा–२ वैकुण्ठ बस्ने ४५ वर्षीय भीमलाल मोक्तानबाट ३.४४ किलो अफिम फेला परेको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । मोक्तानले बैगभित्र अफिम लुकाएर हिंडिरहेको अवस्थामा प्रहरीले निजलाई नियन्त्रणमा लिएको प्रवक्ता सापकोटाले बताए ।

यसैगरी, सूचनाको आधारमा हिजै राति इलाका प्रहरी कार्यालय, सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानीको संयुक्त प्रहरी टोलीले सुवर्ण गापा–३ बकतौराबाट चार पोका गाँजा नियन्त्रणमा लिएको प्रवक्ता सापकोटाले बताए । उनले नेपालबाट भारततर्फ जाँदै गरेको बा. प्रदेश–०२०४१प५७३७ र ना.६३प ३९८८ नम्बरका मोटरसाइकल चालकहरू प्रहरीलाई देखेर मोटरसाइकल छाडी फरार भएका र सो स्थानबाट प्रहरीले दुई थान मोटरसाइकल र सोमा रहेको चार पोका (६३ किलो) गाँजा बरामद भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here