प्रस, वीरगंज, १७ माघ/
वीरगंज महानगरपालिका–२५ श्रीसियामा नगर विकास समितिले प्लटिङ गरेको जग्गा अहिलेसम्म एकजनाले पनि आआप्mनो हकमा नापजोख गरेका छैनन् ।

नगर विकास समितिले व्यवस्थित शहर विकास गर्ने क्रममा आजभन्दा ३८ वर्ष पहिले २६ बिघा जग्गा प्लटिङ गरेको थियो । सो जग्गा लामो समयसम्म खाली थियो र नापजाँच नभएको कारण उपभोगमा आउन सकेको थिएन । लामो समयपछि सो जग्गाको नापजाँच नगरप्रमुख राजेशमान सिंहको पहलमा सम्पन्न भएको थियो ।

नापजाँच सम्पन्न भएको पनि एक वर्ष बित्न लाग्यो तर अहिलेसम्म महानगरमा सो जग्गाका धनीहरूले कित्ताकाट गरी आआप्mनो जग्गा छुट्याउन सकेका छैनन् । महानगरले नापी कार्यालयमार्पmत २६ बिघा जग्गामा किलाखुट्टी गाडेको छ ।

यसैगरी, प्लटिङमा भएका जग्गाधनीलाई आआप्mनो जग्गा छुट्याउनको लागि प्रतिप्लट रु ७५०० शुल्क कायम गरिएको छ तर अहिलेसम्म एकजना जग्गाधनीले पनि सो जग्गा आप्mनो नाममा नापजाँच गराएर किलाखुट्टी गाडेका छैनन् ।

यस अघि नगरप्रमुख राजेशमान सिंहले सो जग्गाको नापजाँचमा ढिलो भएको भनी तत्कालीन नापी प्रमुख नारायण श्रेष्ठसँग दुव्र्यवहार गरेका थिए । काममा ढिला भएको भन्दै उनले कार्यालयमा गएर कठालो समातेर जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । त्यसपछि नापजाँचको काम पुनः शुरू भएको थियो ।

त्यत्रो विवाद भएको जग्गामा अहिलेसम्म एकजना व्यक्तिले पनि आप्mनो हकदाबीको जग्गा नापजाँच गरी किलाखुट्टी गाडेका छैनन् । यद्यपि नगरप्रमुख सिंहले पहिले कौडीको भाउमा बिक्री भएको प्लटिड्ढो जग्गा अहिले चर्को मूल्य भएपछि सरोकारवाला जग्गाधनीहरूको चासो बढेको भन्दै तत्कालीन नापी प्रमुखलाई नापजाँच गर्न दबाब दिएका थिए । २६ बिघा जग्गामा करीब ३२० वटा प्लट छन् र सोही अनुसार सडकहरू विस्तार गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here