प्रस, वीरगंज, १७ माघ/
नेकपा एमाले जगरनाथपुर गाउँपालिका कमिटीको बैठक बुधवार सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंह, प्रह्लाद गिरी, जालिम मियाँँ, सलाउद्दीन अहमद, वीरेन्द्र यादवलगायतको सहभागिता थियो ।
बैठकमा पार्टीको आगामी कार्यक्रम, स्थानीय विकास र राजनीतिक रणनीतिहरूमाथि छलफल गरिएको थियो भने फागुन १२ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ । कार्यक्रममा केस सिंहले पार्टी एकताको महŒव र स्थानीयस्तरमा सङ्गठन सबल पार्न आवश्यक कदमहरूबारे जोड दिए । उनले पार्टी कार्यकर्ताहरूलाई जनताको समस्याहरू सुन्न र समाधान गर्ने दिशामा अग्रसर रहन आग्रह गरे ।
बैठकमा प्रह्लाद गिरीले सामाजिक न्याय र समानताको लागि पार्टीले अगाडि बढाउनुपर्ने कार्यबारे प्रकाश पारे । जालिम मियाँँ र सलाउद्दीन अहमदले स्थानीय युवाहरूलाई पार्टीमा संलग्न गराउने र उनीहरूको भूमिका बढाउने आवश्यकतामा जोड दिए ।
वीरेन्द्र यादवले गापास्तरमा पार्टीको सङ्गठनात्मक क्षमता बढाउने र जनसम्पर्क विस्तार गर्ने आवश्यकताबारेमा बताए ।