प्रस, सिम्रौनगढ, १७ माघ/
मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजले सिम्रौनगढ नभएको भए नेपाल नै नहुने बताएका छन् ।
बुधवार सामाजिक न्याय विद्यार्थी निकेतनको तेस्रो संगोष्ठीमा उनले दिल्लीका बादशाह ग्यासुद्दीन तुगलकले सिम्रौनगढमाथि आक्रमण गर्दा यहाँका सेनाहरूले नमरुन्जेलसम्म लडेको बताए ।
उनले सिम्रौनगढको आफ्नै ऐतिहासिक, पुराताŒिवक र धार्मिक पहिचान रहेको बताए । अहिराजले जसले इतिहास सम्झिंदैन, उसको भविष्य नै सम्झिनलायक नहुने बताए । गोष्ठीमा मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, पूर्वन्यायाधीश प्रेमराज कार्की, रोशनकुमार झा, निर्मला लामा, युवराज सङ्ग्रौलालगायतले सिम्रौनगढको ऐतिहासिक, सामाजिक, आर्थिक र पुराताŒिवक पक्षबारे मन्तव्य राखेका थिए । कार्यक्रममा वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा काठमाडौं स्कूल अफ ल, वीरगंज स्कूल अफ ल, हरि खेतान बहुमुखी क्याम्पस, ममता विद्या मन्दिरका छात्रछात्राहरू सहभागी थिए ।
दीक्षा खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृतिका खड्का र स्वागत वीरेन्द्रप्रसाद यादवले गरेका थिए । कार्यक्रममा सिम्रौनगढका प्रमुख किशोरीप्रसाद साहले मधेस प्रदेशका पूर्वप्रमुख अहिराजलाई मायाको चिनो प्रदान गरेका थिए ।