प्रस, पर्सागढी, १७ माघ/
पर्सागढी नगरपालिकाको स्वास्थ्य शाखाले एचपिभी खोप अभियानबारे अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण पौडेलले एचपिभी खोपको परिचय र रोकथामका उपाय तथा नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्थाबारे जानकारी गराएका थिए । उनले यो खोप अभियान पर्सागढी नपामा माघ २१ गतेदेखि शुरू हुने बताए ।

१० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई लगाइने एचपिभी खोप विद्यार्थीसहित अन्य किशोरीहरूलाई पनि लगाइने उनले बताए ।

उनले खोप कार्यक्रमको उद्देश्य र उपलब्धिबारे जानकारी गराउँदै पाठेघरको मुखको क्यान्सरको निवारण र रणनीति तथा एचपिभी खोप अभियानको औचित्यबारे स्पष्ट पारेका थिए ।

नगरप्रमुख तथा पालिकास्तरीय खोप समन्वय समितिका अध्यक्ष गोकर्ण पाठकले देशमा मूलतः तीनवटा रोग क्यान्सर, रक्तचाप, मधुमेह रहेकामा जसमध्ये महिलामा बढी मात्रा देखा पर्ने रोग पाठेघरको मुखको क्यान्सर रहेको बताए । उनले पाठेघरको मुखको क्यान्सरको बारेमा जनचेतना पैmलाउनुपर्ने बताए । पर्सागढीभित्र रहेका विद्यालयका १,६०८ जना किशोरी र अन्य ३०१ जना किशोरीलाई एचपिभी खोप लगाइने बताए ।

नगरप्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पूजा चौधरी, वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वयंसेविका लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा पब्लिक हेल्थ नर्स सपना बाँस्तोलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here