प्रस, वीरगंज, १६ माघ/
जनमत पार्टीको आयोजना तथा वीरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा बुधवार जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरस्थित नेराप्राविको प्राङ्गणमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १७६ जनाको आँखा चेकजाँच गर्दा ६३ जनामा मोतीबिन्दु फेला परेको अस्पतालका स्वास्थ्य संयोजक महेश सिंह धामीले बताए । शिविरमा ३९ जनालाई औषधि वितरण गरिएको उनले बताए । मोतीबिन्दु भएकाहरूको बिहीवार वीरगंज सामुदायिक आँखा केन्द्रमा निश्शुल्क शल्यक्रिया हुने उनले बताए ।

जनमत पार्टीका नेता बृजेश्वरप्रसाद चौधरीको अध्यक्ष्तामा भएको कार्यक्रममा वडाध्यक्ष नेपालीप्रसाद कुशवाहा, प्रअ धुरेन्द्र पटेललगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन शेषनाथ सिंहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here