प्रस, ठोरी, १६ माघ/
ठोरी गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले दुर्घटनामा घाइते भएका एकजना कर्मचारीलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

नेपाल शिक्षक महासङ्घ ठोरीको पहलमा गापाभित्रका २१ वटा विद्यालयका शिक्षकहरूबाट सङ्कलित एक लाख २३ हजार २३० रुपैयाँ नेराआवि वनशक्ति टाउन प्लानमा कार्यरत कार्यालय सहयोगी कलबहादुर गुरुड्ढो परिवारलाई शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

माघ ४ गते मोटरसाइकल दुर्घटनामा घाइते भएका गुरुड्ढो हाल वीरगंजस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेको खबर पाएपछि शिक्षक महासङ्घको नेतृत्वमा रकम सङ्कलन गरी सहयोग प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा शिक्षक महासङ्घ ठोरीका उपाध्यक्ष गोपीलाल श्रेष्ठ, नेराआवि वनशक्तिका प्रधानाध्यापक त्रिलोचन पराजुली, नेराप्रावि सरस्वतीका प्रअ झमकबहादुर श्रेष्ठलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here