प्रस, वीरगंज, १६ माघ/
नेपाल जनता पार्टी पर्साले हिन्दू योद्धा स्व काशीनाथ तिवारीको सालिक सरसफाइ गर्दै माल्यार्पण गरेको छ ।

शहीद दिवसको अवसरमा नेजपा पर्साले अशोकवाटिकास्थित श्मशानघाट चोकमा रहेको स्व तिवारीको सालिकमा सरसफाइ एवं माल्यार्पण गरेको हो ।

कार्यक्रममा सहभागीहरूले हिन्दू युवा सङ्घका संस्थापक केन्द्रीय अध्यक्ष स्व काशीनाथ तिवारीको माओवादीले २०६७ असार १३ गते वीरगंजमा हत्या गरेको बताएका थिए । स्व तिवारीलाई जिल्ला प्रशासन कार्यालय, पर्सामा तत्कालीन सम्पूर्ण राजनीतिक दल एवं जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थितिमा शहीद घोषणा गर्ने सहमति गरी गृह मन्त्रालयमा पत्र पठाएकोमा हालसम्म स्व तिवारीलाई शहीद घोषणा नगरिएकोमा दुःख व्यक्त गरेका थिए । उनीहरूले हिन्दूवादी पार्टी, सङ्घसंस्थाले स्व तिवारीलाई हिन्दू शहीदको रूपमा सम्मान गर्दै आएको बताएका थिए ।

नेजपा पर्साका अध्यक्ष अनिल कुर्मीको अध्यक्ष्Fतामा भएको कार्यक्रममा स्व तिवारीकी पत्नी बबिता तिवारी, केन्द्रीय नेता सन्तोषानन्द महाराज, केन्द्रीय सदस्यहरू विनोद कुर्मी, पारस द्विवेदी, राजेन्द्र सिंह, नेजपा पर्सा उपाध्यक्ष धीरज साह कानूलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here