प्रस, निजगढ, १६ माघ/
शहीद मुखलाल स्मृति प्रतिष्ठानको साधारणसभा तथा रेडियो निजगढको सदस्य भेला बुुधवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्वखेलकूदमन्त्री पुरुषोत्तम पौडेलले केही वर्षयता आर्थिक मन्दीका कारण रेडियो संस्थाहरू बन्द हुुने अवस्थामा पुुगेको बताउँदै तीन तहका सरकार अझै स्थानीय तहले सामुुदायिक रेडियो र व्यावसायिक रेडियोबीचको फरक बुझ्न चाहना नराख्दा देशभरका कतिपय सामुदायिक रेडियो संस्थाहरू बन्द भइसकेको, कतिपय धराशयी हुने अवस्थाबाट गुज्रिदै गइरहेको बताए । कार्यक्रममा टङ्कनाथ–रत्नकुमारी स्मृति जेहेन्दार छात्रवृत्ति पुरस्कार वितरण गरिएको थियो । शैक्षिक सत्र २०८१ मा कक्षा १२ को परीक्षामा निजगढ नगरभित्रका सामुदायिक विद्यालयहरूमध्ये गौरीशङ्कर माविबाट सर्वोत्कृष्ट अङ्क ल्याइ व्यवस्थापन सङ्कायतर्फ उत्र्तीण भएका निजगढ नपा–९ का नोदनाथ पौडेल र शैक्षिक सत्र २०७७–८० को व्यवस्थापन सङ्कायको स्नातक तह परीक्षामा गौरीशङ्कर क्याम्पसबाट सर्वोत्कृष्ट अङ्क ल्याइ उत्र्तीण भएका निजगढ नपा–६ का अविनाश चौधरीलाई प्रमाणपत्र र जनही १० हजार नगद पुरस्कार प्रतिष्ठानका अध्यक्ष पौडेलले प्रदान गरेका थिए ।
कार्यक्रममा वार्षिक प्रगति विवरण रेडियो निजगढ सञ्चालक समिति अध्यक्ष सुदर्शन कोइराला
र आर्थिक प्रतिवेदन विपिन अधिकारीले प्रस्तुुत गरेका थिए । स्वागत लीलादेवी लामिछानेले गरेकी थिइन् ।
अध्यक्ष कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोकुुल घोरसाइनेले गरेका थिए ।