प्रस, वीरगंज, १६ माघ/
समग्र उद्योग टे«ड युनियन नेपाल मधेस प्रदेशले ४६औं स्थापना दिवस मनाएको छ ।
जीतपुरसिमरा उप महानगरपालिकाको सिमरामा आयोजित कार्यक्रमको मधेस प्रदेशसभाको सार्वजनिक लेखा समितिका सभापति मञ्जु थापाले उद्घाटन गरेकी थिइन् । उनले श्रमिकका जायज हकअधिकार र कानूनी मागमा प्रहरी हस्तक्षेप बढेकोमा चिन्ता व्यक्त गरिन् । उनले मजदूरहरूले आप्mना हकअधिकार कानूनीरूपमा माग गर्न पाउने अधिकार भएको र यसमा प्रहरी हस्तक्षेप शोभनीय नभएको बताइन् ।
समग्र उद्योग टे«ड युनियन नेपालका अध्यक्ष आनन्द थामीले देशमा आकर्षक रोजगार र जीवनयापनका लागि सहज ज्याला नभएको कारण युवा जनशक्ति कामको सिलसिलामा विदेश पलायन भइरहेको बताए । उनले यो अवस्थामा युवा जनशक्तिलाई देशमा विश्वास जागृत गर्न सके कामका लागि घरपरिवार र समाज छाडेर विदेश जानबाट रोक्न सकिने बताए । उनले यो कार्यको लागि सुरक्षित काम गर्ने वातावरण र न्यूनतम पारिश्रमिकमा शतप्रतिशत वृद्धि गर्नुपर्ने माग गरे । यसो हुन सकेको खण्डमा युवा जनशक्ति विदेश पलायनबाट रोक्न सकिने उनको सुझाव थियो ।
समग्र टे«ड युनियन नेपाल मधेस प्रदेशका अध्यक्ष हेमराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, समग्र उद्योग टे«ड युनियन नेपालका सचिव गीता भण्डारी, सदस्य मनोज चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रामतपसी पटेलले स्वागत र प्रेम चौधरीले सहजीकरण गरेका थिए ।