बलिराम शुक्ला, बिरुवागुठी, १६ माघ/
दोस्रो कोइलाभारमाई नकआउट फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको पहिलो सेमिफाइनल खेलमा बाराको मौवादेवी युवा क्लब, बडहर्वा विजयी भएको छ ।

पहिलो सेमिफाइनलमा पर्सागढी युवा स्पोट्र्स क्लब, बडनिहारलाई एक गोल गर्दै मौवादेवी युवा क्लब फाइनलमा प्रवेश गरेको हो । मौवादेवी युवा क्लबका जर्सी नं ४ का विकाश चौधरीले गरेको एकमात्र गोल निर्णायक बन्न पुग्यो । प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ मौवादेवी क्लबका विकाश चौधरी घोषित भए । उनलाई आयोजकले नगदसहित मेडलबाट सम्मानित गरेको थियो ।

बिहीवार अन्तिम सेमिफाइनल खेलमा पर्सा वनशक्तिमाई युवा क्लब, सिद्धपुर र बाराको सिमरा युनाइटेड क्लबबीच हुने आयोजक समितिका सदस्य दीपकदास थारूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here