प्रस, वीरगंज, १५ माघ/
वीरगंज भन्सार कार्यालयको राजस्व गत आव २०८०/८१ को तुलनामा चालू आव २०८१/८२ को सोही अवधिमा वृद्धि भएको छ ।

वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवको साउनदेखि पुस छ महीनामा कुल लक्ष्यको ६२.२४ प्रतिशत राजस्व सङ्कलन भएको थियो भने चालू आवको सोही अवधिमा ७६.४३ प्रतिशत राजस्व सङ्कलन गरिएको छ । गत आवको तुलनामा चालू आवको छ महीनामा १४.१९ प्रतिशतले राजस्व वृद्धि भएको छ ।

चालू आवको समीक्ष्Fा अवधिमा पेट्रोलियम पदार्थको आयात १.६४ प्रतिशतले घटेको छ भने फलाम तथा फलामजन्य सामग्रीहरू ०.८४ प्रतिशतले बढेको छ । त्यस्तै, मेशिनरी तथा पार्टपुर्जा १४.६७ प्रतिशत, भटमासको कच्चा तेल २१२.१६, एलोपेथिक औषधि १९.५४, इलेक्ट्रोनिक्स सामग्री, उपकरण र तिनका पार्टपुर्जा ४.७०, यातायात साधन र तिनका पार्टपुर्जा १६.७८, खाद्यान्न ३८.४५, प्लास्टिकका कच्चा पदार्थको २९.१० प्रतिशतले आयात बढेका छन् । त्यस्तै, सबै किसिमका कपडाको ८.२२ प्रतिशतले आयात घटेको देखिएको छ ।

तथ्याङ्क अनुसार समीक्षा अवधिमा राजस्व घटेका मुख्य १० वस्तुको तुलनात्मक रकम हेर्दा सूर्यमुखीको कच्चा तेलको आयात ५७.४९ प्रतिशतले घटेको छ भने कोइला ४८.२६, सुर्ती १९.८१, हल्का पेयपदार्थ कन्सर्न ट्रेड ५.७१, कच्चा पाम तेल ३५.०९, अलकत्रा बिटुमिन ८.३२, भटमासको कच्चा तेल १०.१९ प्रतिशत, एटिएफ ५.७४, प्लास्टिक कोटेड पेपर ३५.३४, केबुल तथा तारहरूको १५.९६ प्रतिशतले आयात घटेका छन् ।

गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस आवको सोही अवधिमा सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, कुकुर/बिरालोको खाना, भटमासको प्रशोधित तेल, विभिन्न किसिमका कपडाहरू र सेन्थेटिक कपडाको निर्यातमा वृद्धि भएको वीरगंज भन्सारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here